काठमाडौँ । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पदबाट दिएको राजीनामा प्रदेश प्रमुख सुमित्रा सुवेदीले स्वीकृत गरेकी छन् ।
सिंहले पदत्याग गरेसँगै प्रदेश प्रमुख सुवेदीले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
प्रदेश प्रमुख सुवेदीले बुधबार अपरान्ह ४ बजेसम्म दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेर सरकार गठन गर्न दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी छन् ।











