२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाद्वारा महामन्त्रीद्वय थापा र शर्माको प्रस्ताव अस्वीकार



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको महाधिवेशनको प्रस्ताव अस्वीकार गरेका छन् ।

केन्द्रीय समिति बैठकअघि सभापतिसँगको भेटमा महामन्त्रीद्वयले बैठकमा एजेण्डाका रूपमा नियमित महाधिवेशन मंसिरमा हुने गरी कार्यतालिका ल्याउने प्रस्ताव गरेका थिए । तर, देउवाले त्यो प्रस्ताव अस्वीकार गरेको कांग्रेसका एक नेताले बतए ।

एजेण्डाबारे सभापतिसँग महामन्त्रीद्वयको कुरा नमिलेपछि केन्द्रीय समिति बैठकमा देउवाले वक्तव्य पढेर बैठक स्थगित गर्ने र एजेन्डा तय गर्न नेताहरूबीच अनौपचारिक छलफल गर्ने तयारी छ ।