७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि

ऊर्जा दक्षता प्रवर्द्धन गर्ने उद्योगलाई अनुदान वितरण

ऊर्जा दक्षता प्रवर्द्धन गर्ने उद्योगलाई अनुदान वितरण
अ+ अ-

काठमाडौँ: दिगो औद्योगिक विकासलाई अघि बढाउने प्रतिबद्धता कायम राख्दै, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्पmत पुनः प्राप्ति एवं सशक्तिकरण परियोजनाअन्तर्गत सफलतापूर्वक ऊर्जा दक्षताका उपायहरू लागू गरेका दोस्रो चरणका उद्योगहरूलाई आर्थिक अनुदान वितरण गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा दोस्रो चरणमा १३ उद्योगलाई रु चार करोडभन्दा बढीको अनुदान प्रदान गरिएको थियो । विस्तृत ऊर्जा ‘अडिट’मार्फत पहिचान गरिएका ऊर्जा बचत उपायहरूको सफल कार्यान्वयनपछि यो अनुदान वितरण गरिएको हो । यी उपायहरूबाट वार्षिक १२ लाख ३५ हजार ५४४ किलोवाट घण्टा ऊर्जा बचत भई वार्षिक रु चार करोड ७७ लाख ५८ हजार १६ भन्दा बढी खर्च कटौतीमा योगदान पु¥याउँदै नेपालको जलवायु लक्ष्य र दिगो आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिने बताइएको छ ।

अनुदान पाउने उद्योगहरूमा कृषि प्रशोधन, औषधि र डेरी उद्योगलगायत विभिन्न क्षेत्रका उद्योगहरू रहेका छन् । सबैभन्दा ठूलो अनुदान रु १० मिलियन, प्राप्त गर्ने एजी हेल्थ इन्डस्ट्रिज प्रालिले दुई प्रमुख ऊर्जा दक्षता उपायहरू लागू गरेको छ, जसमा म्यानुअल प्याकेजिङ मेसिनको प्रतिस्थापन पनि समावेश छ । कम्पनीको आपm्नो रु ४० मिलियनभन्दा बढीको लगानीबाट वार्षिक रु १० मिलियनभन्दा बढी बचत हुने अपेक्षा गरिएको छ, जसले ऊर्जा दक्षता नवप्रवर्तनको बलियो व्यावसायिक उदाहरण प्रस्तुत गरेको जनाएको छ ।

कार्यक्रममा सीताराम गोकुल मिल्क्स काठमाडौँ प्रालिका प्रबन्ध निर्देशक सुमित केडियाले ऊर्जा खर्च कुल सञ्चालन लागतको करिब ३०–३५ प्रतिशत रहेको र यस प्रकारका पहलहरूले उद्योगहरूलाई चेतनाभन्दा वास्तविक क्रियाकलापतर्फ लैजान सहयोग पु¥याने बताउनुभयो । एरो फार्मास्युटिकल्स प्रालिका प्रबन्ध निर्देशक डा पङ्कज तिवारीले ऊर्जा अडिट प्रक्रियालाई प्रकाशमय रहेको, जसले ऊर्जा अधिकतम् प्रयोग गर्ने नयाँ तरिकाहरू र अन्तरराष्ट्रिय सुरक्षा तथा मापदण्डहरूको पालना गरिएको उल्लेख गर्नुभयो ।

युरोपेली सङ्घ, नेपालका रञ्जन प्रकाश श्रेष्ठले परियोजनाको सहयोगपछि पनि ऊर्जा दक्षतासम्बन्धी आफ्नो प्रयास निरन्तर जारी राख्न प्रेरित गरेको बताउनुभयो । वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमन खनालले उद्योगहरूलाई राष्ट्रिय प्रयासमा योगदान पु¥याएकामा प्रशंसा गर्दै यस किसिमको सहयोगबाट नेपालको ऊर्जा भविष्यमा दीर्घकालीन प्रभाव पार्नेछ भन्नुभयो । परियोजनाका लागि ग्रिन ऊर्जावित्त विशेषज्ञ राजीवमङ्गल जोशीले यो पहलले नेपालको दिगो औद्योगिक अभ्यासलाई प्रवद्र्धन गर्न, वातावरणीय मापदण्डहरू पालना गर्न तथा मर्यादित श्रम अभ्यासहरूलाई प्रोत्साहन गर्न सहयोग पु¥याउने विश्वास गरिएको उल्लेख गर्नुभयो ।

युरोपेली सङ्घ तथा जर्मन सरकारको सहआर्थिक सहयोगमा, रिप–ग्रिन परियोजनाअन्तर्गत सञ्चालन भइरहेको यस अनुदान कार्यक्रमले उच्च प्रभावकारी ऊर्जा दक्षता पहलहरूलाई कार्यान्वयन गर्न आंशिक आर्थिक सहयोग प्रदान गर्दै आएको छ । अनुदान सहयोगमा कार्यान्वयन गरिएका उपायहरूबाट प्राप्त उपलब्धिहरूले भावी दिनमा सार्वजनिक तथा निजी क्षेत्रका कार्यक्रमहरूमा ऋण वा मिश्रित वित्तीय प्रणालीमार्फत लगानी प्रवाह गर्न सकिने सम्भावनाको नमूना प्रस्तुत गर्ने सो अवसरमा जानकारी दिइयो । यसबाट थप उद्योग र उद्यमहरूले ऊर्जा दक्ष उपायहरू अवलम्बन गर्न प्रोत्साहन पाउनेछन् र दिगो विकासमा योगदान पु¥याउने छन् । रासस