• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त

राष्ट्रियसभा सदस्यका लागि कांग्रेसले टुंगो लगायो उम्मेदवार



काठमाडौं । सत्ताघटक प्रमुख दल नेपाली कांग्रेसले राष्ट्रियसभाका उम्मेदवारहरुको टुंगो लगाएको छ । आउँदो माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ । 

जसका लागि कांग्रेसले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा , दुर्गा पुन र नारायणदत्त मिश्रलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसले प्रदेश १ बाट बस्नेत, वागमतीबाट पौडेल, गण्डकीबाट पन्त, लुम्बिनीबाट शर्मा, कर्णालीबाट पुन र सुदूरपश्चिमबाट मिश्रलाई उम्मेदवार बनाउने भएको हो ।

सोमबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त हुने १९ सिटका लागि भागबन्डा गरेको थियो ।  जसअनुसार नेपाली कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँचरपाँच सिट र जनता समाजवादी पार्टीले दुई तथा जनमोर्चालाई एक सीट बाँडिएको थियो ।