२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसभामुख महराविरुद्ध सुन तस्करी मुद्दा दर्ता



फाईल फोटो
अ+ अ-

काठमाडौँ । पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराविरुद्ध सुन तस्करीको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महरालाई सुन तस्करी प्रकरणमा संलग्न रहेको ठहर गर्दै पूरक अभियोगपत्र पेस गरेको हो ।

सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लाका अनुसार महराविरुद्ध कैद सजायसँगै बिगो असुली र जरिवाना दाबी गरिएको छ ।

अदालतका अनुसार मुद्दा दर्ता प्रक्रिया अहिले सञ्चालनमा रहेको छ ।

चिनियाँ संगठित गिरोहसँग मिलेर अवैध रूपमा सुन तस्करी गरेको आरोपमा महरा आइतबार पक्राउ परेका थिए । यसअघि सोही प्रकरणमा उनलाई उन्मुक्ति दिइएको थियो, तर नयाँ प्रमाणका आधारमा पुनः पूरक मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।