२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन एक हप्ता थप्नुपर्ने उच्चस्तरीय समितिको माग



अ+ अ-

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिले सरकारले घोषणा गरेको लकडाउनलाई निरन्तरता दिन सिफारिस गरेको छ ।आइतबार बसेको १७ औँ बैठकले लकडाउनलाई बढाउनुपर्ने सिफारिस गर्ने निर्णय गरेको हो ।

सङ्क्रमणको जोखिम कम गर्न लकडाउन प्रभावकारी भएको निष्कर्षसहित यसलाई एक हप्ताका दरले निरन्तरता दिनुपर्ने निष्कर्षमा पुगेको स्रोतले जानकारी दिएको छ । लकडाउनलाई निरन्तरता दिने समितिको सिफारिसलाई भने सोमबार बस्ने मन्त्रिपरिषद बैठकले अनुमोदन गर्नुपर्नेछ ।