१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघले भन्योः ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याउ



तस्बिरः रिपोर्टर्स क्लब नेपाल
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसमा आवद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निःवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष दुजाङ शेर्पाले जेन जी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले पनि लिनुपर्ने भएकाले उनीहरुमाथि अनुसन्धान गरी दोषी देखिएर कारबाही गर्न सरकारसँग माग गर्नुभएको हो ।

उहाँले जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते नै धेरै मानवीय क्षति भएकाले आफूहरुले सोही दिन नै तत्कालीन प्रधानमन्त्री ओली र  गृहमन्त्री लेखकको राजीनामा मागेको पनि स्पष्ट पार्नु भयो । सभापति शेर्पाले सो आन्दोलनको नेतृत्वकर्ताका रुपमा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह देखिएको उल्लेख गर्दै सिंहदरबार जलाउने लगायतका घटनाका विषयमा उनीमाथि पनि अनुसन्धानको काम तत्काल अघि बढाउन सरकारलाई दबाब दिनुभयो ।

हाँले भन्नुभयो, ‘तत्कालीन प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्युलाई पनि छानविनको दायरामा ल्याएर उहाँहरुको पनि बयान लिएर दोषी देखिए उहाँहरुलाई पनि कारबाही गर्नु पर्छ भनेर हामीले यो आज मात्रै होइन, हामीले सेप्टेम्बर ८ को बेलुका जुन घटना घट्यो । त्यतिबेला नै हामीले प्रधानमन्त्रीज्यु र गृहमन्त्रीज्युले यसको नैतिक जिम्मेवारी लिनुपर्छ । उहाँहरुले राजीनामा दिनुपर्छ । र, शक्तिशाली छानविन आयोग गठन गरेर यसको निकास दिनुपर्छ भनेर हामीले त्यतिबेला पनि भनेका थियौं भने अहिले पनि त्यो विषयमा हाम्रो स्पष्ट धारणा छ । भोलीबाट एकैचोटी सबै ठाउँमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीज्युलाई पनि छानविनको दायरामा ल्याएर यदि दोषी देखियो भने उहाँहरुलाई पनि कारबाही गर्नु पर्छ । र त्यो छानविनको दायरामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह आउनुपर्छ । उहाँले सिंहदरवार जलाउनुपर्छ भनेर युवाहरुको माईनसेट गर्नु भएको थियो । उहाँले सेप्टेम्बर ८ को आन्दोलनको आह्वान गर्नु भएको थियो । जसले यो आन्दोलनको लिडर भनिरहनु भएको छ । उहाँहरुलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ भन्ने नेपाल विद्यार्थी संघको ठम्याइ हो ।’

नेविसंघले पत्रकार सम्मेलनमा असोज २८ गतेबाट जेन जी आन्दोलनमा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कारबाही गर्न सरकारसँग माग गर्दै प्रदर्शनमा उत्रने चेतावनी समेत दिएको छ ।