२४ कार्तिक २०८२, सोमबार
,
Latest
दिल्लीमा शक्तिशाली विष्फोट: ८ जनाको मृत्यु, २४ घाइते सञ्चारमन्त्री खरेलद्वारा राष्ट्रिय एआई केन्द्रको उद्घाटन संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शर्मा चित्रकार प्रधानको एकल चित्रकला प्रदर्शनी स्वास्थ्य बिमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम जुडो टोली जापान जाँदै प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीतिगत पहल गर्नेछः सञ्चारमन्त्री खरेल झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु सरकारको प्राथमिकताः मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट धनतेरस टाटा उत्सव



अ+ अ-

काठमाडौं: टाटा मोटर्सका लागि नेपालको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा=लि= ले यस वर्षको शुभदिपावलीसँगै आउँदै गरेको धनतेरस पर्वलाई लक्षित गर्दै देशव्यापी रुपमा “धनतेरस टाटा उत्सव” कार्यक्रम शुभारम्भ गरेको छ।  हर्ष र उल्लासले भरिएको यस पर्वको अवसरमा सुरु गरिएको यो कार्यक्रममा ग्राहकहरूले आकर्षक अफरका साथ “सुनको असर्फी” बम्पर उपहारमा जित्ने सुनौलो मौका प्राप्त गर्न सक्नेछन् ।

टाको नेपालभरि रहेको शोरुमहरुमा आजबाट सुरु गरिएको यो कार्यक्रम कात्तिक २ गतेसम्म हुने कम्पनिले जनाएको छ। यस विशेष कार्यक्रम अन्तर्गत ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू — टाटा टियागो=ईभी, पंच=ईभी, नेक्सन के३=ईभी र कर्भ=ईभी — का साथै आईसीई मोडलहरू टियागो, पंच, नेक्सन र सफारी खरिद गर्दा उपहार तथा छुटका सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

यस्तै, यस कार्यक्रम अन्तर्गत, फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्री एक्सेसरीज, व्यापक अटो–प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्री एम्बोस्ड नम्बर प्लेट र फ्री होम चार्जिङ इन्स्टलेसन लगायतका सुविधाहरू ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । यसका साथै, यस पर्वलाई थप रोमाञ्चक र अविस्मरणीय बनाउने हेतुले “सुनको असर्फी ” भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप प्राप्त गर्न सक्नेछन् ।