काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ ।
हिजो स्थगित भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा केहीबेरअघि सुरु भएको हो ।
रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबार बैठक स्थगित भएको थियो ।
बैठकले केन्द्रीय कमिटीको एजेन्डा तय गर्ने छ । बैठकको पहिलो दिन शुक्रबार ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए । त्यसमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् ।











