१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विगतको समीक्षा गरी साझा निष्कर्ष निकाल्नुपर्ने बेला भएको छः पुष्पकमल दाहाल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वाधिनतामा अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताउनुभएको छ ।

शुक्रवार ललितपुरस्थित एक होटलमा सम्पादकहरुसँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले राष्ट्रिय स्वाधिनतामा यति ठूलो विदेशी हस्तक्षेप अहिलेसम्म नभएको बताउनु भयो । अहिले पनिराजनीतिक संकट कायम रहेको बताउनु भयो । अहिलेको जस्तो ठूलो दबाब नेपालले भोग्नु नपरेको जिकिर गर्नुभयो ।

अहिलेको परिस्थितिले सबै राजनीतिक दल, नागरिक समाजहरु मिलेर काम गर्नुपर्ने जरुरी देखिएको उल्लेख गर्नुभयो । फेरि एक पटक अहिले सबै राजनीतिक दल र नागरिक समाज गम्भीर भएर देशका लागि सोच्नुपर्ने बेला भएको बताउनु भयो । उहाँले विगतको समीक्षा र आउने दिनका बाटोहरुका बारेमा अधिकतम बहस र छलफल गरेर साझा निष्कर्ष निकाल्नुपर्ने जिकिर गर्नुभयो ।