२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारले चुनाव गराउँछ भन्नेकुरा भ्रम मात्रै होः शंकर पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले चुनाव गराउन चाहन्छ भन्नेकुरा भ्रम मात्रै भएको बताउनुभएको छ ।

बिहीवार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । महासचिव पोखरेलले सरकारले चुनावको वातावरण बताउनका लागि कुनै पहलकदमी नलिएको जिकिर गर्नुभयो । उहाँले सरकारले चुनाव गराउनका लागि राजनीतिक दलसँग कुरा परामर्श नगरेको गुनासो समेत गर्नुभयो । महासचिव पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरुको परामर्श अनुसार नबनेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

उहाँले भन्नुभयो,‘यो सरकार चुनाव गराउन चाहन्छ भन्नेकुरा पनि भ्रम मात्रै हो । किनकी सरकारले चुनावको वातावरण कुरामा कुनै प्रकारको पहलकदमी लिएको अनुभुति न नागरिकले गरेका छन् न नेपालका राजनीतिक दलहरुले गरेका छन् । न नेपालका सुरक्षा अंगले नै सरकार शान्ति सुरक्षाको सन्दर्भमा जिम्मेवार र प्रतिवद्ध छ भन्ने कुराको अनुभुति गर्न सकेका छन् । अर्कोतिर म तपाईहरुलाई सुनाउन चाहन्छु २४ गतेको घटना पछि जब हाम्रो अध्यक्षले राजीनामा दिनुभयो । त्यसपछि निकासका सन्दर्भका बारेमा प्रमुख राजनीतिक दलहरु सबैले चाहे नेकपा एमालेको कुरा गरौँ, चाहे नेपाली काँग्रेसका कुरा गर्नुस् । चाहे माओवादी केन्द्रको कुरा गर्नुस् । तीन वटै प्रमुख पार्टीहरुले के भने भन्दा संविधान भित्रैबाट आन्दोलनकारीको मागलाई सम्बोधन गर्नेगरी प्रक्रिया अघि बढाउनु पर्दछ । त्यसका लागि सहयोगी बन्न हामी तयार छौं । तर त्यो हाम्रो सदाशयतालाई उपेक्षा गर्ने काम भयो ।’

महासचिव पोखरेलले संविधान भित्रैबाट सरकार गठनका लागि प्रक्रिया अघि बढाउन प्रमुख राजनीतिक दलहरुले गरेको आग्रहलाई उपेक्षा गर्ने काम सैह्य नहुने बताउनु भयो ।