२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुठभेडको वातावरण बनाउनेतर्फ सरकार अग्रसरः माओवादी नेता सापकोटा



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता माधव सापकोटाले तोकिएकै समयमा सरकारले निर्वाचन गराउनेमा शंका व्यक्त गर्नुभएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उहाँले सरकारले निर्वाचनको लागि वातावरण नबनाएको बताउनु भयो । सरकारले राजनीतिक दलहरुसँग संवाद गरेर निर्वाचनको वातावरण बनाउनुपर्ने उहाँको भनाई छ । तर हालसम्म सरकारले राजनीतिक दलहरुसँग औपचारिक तथा अनौपचारिक कुनै प्रकारका संवाद नगरेको उहाँले जानकारी दिनुभयो ।

दलहरुले निर्वाचनलाई स्वीकार गरेर निर्वाचनमा जाने वातावरण नबनेसम्म सरकारको प्राविधिक तयारीले मात्रै निर्वाचनको माहोल नबन्ने उहाँले बताउनु भयो । लोकतन्त्रको हिस्सेदार राजनीतिक दल नै भएकोले सरकारले राजनितिक दललाई बाहिर राखेर निर्वाचन गर्न नसक्ने उहाँको भनाई छ । कुन दललाई कुन स्थानमा पु-याउने भन्ने तय निर्वाचनमार्फत जनताले गर्ने उहाँले बताउनु भयो ।

दलहरुमार्फत नै जनताले आफ्ना अभिमत र प्रतिनिधि छान्ने प्रक्रिया रहेकाले दलहरुसँग छलफल गरेर निर्वाचनको वातारण बनाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो । सरकारले दलहरुसँग संवाद समेत नगरी निर्वाचनको मिति घोषणा भएकोले यहि परिस्थितिमा निर्वाचन हुनेमा प्रश्न उठेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘अब निर्वाचनमा जान ढिला नगरौँ । निर्वाचनमा भाग लिने फ्रेस म्याण्डेड लिएर अगाडी जानुपर्छ भन्ने हामीले भनेका छौँ । निर्वाचनको वातावरण बनाउनपर्छ । तर अहिलेसम्म सरकारका तर्फबाट पुराना राजनितिक दलहरु या मूलधारमा भएका राजनीतिक दलहरुसँग औपचारिक, अनौपचारिक संवाद समेत गरेको छैन । किनभने दलहरुले स्वीकारेर निर्वाचनको वातावरण नबनाउँदा प्राविधिक तयारीले मात्रै निर्वाचनको माहोल बन्दैन । त्यसैले लोकतन्त्रको हिस्सेदारहरु भनेको दलहरु हुन् । कुन दल कति सिटमा आउँला ? को सानो ठूलो होला दोस्रो कुरा हो । अहिले भईरहेका दलहरुलाई पाखा लगाएर अर्को कुनै नयाँ दल आउन पनि सक्छ । त्यो जनताको म्याण्डेडमा भर पर्छ । तर फेरि पनि लोकतन्त्रको सुन्दर पक्ष भनेको दलहरु नै हो । दलहरुमार्फत नै आफ्ना अभिमत र प्रतिनिधि छान्ने प्रक्रिया रहन्छ, यो संसारभर कै कुरा हो । यसरी हेर्दा अहिलेलाई र विघठित भएको प्रतिनिधि सभाका ठुला भनिएका, निर्णायक भनिएका दलहरुसंग समेत संवाद नगरिकन मिति घोषणा भएको छ । त्यसैले यही परिस्थिति मै निर्वाचन सुनिश्चित हुन्छ की हुँदैन भन्ने एउटा गम्भिर प्रश्न छ । यो प्रश्नको जीवन व्यवहार र घटनाक्रमबाट सरकारले जवाफ दिनुपर्छ ।’ 

उहाँले वर्तमान सरकारको मुख्य म्याण्डेड नै निर्वाचन भएकोले निर्वाचन गराउन लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले तोकिएको समयमा निवार्चन नभएमा के हुन्छ ? भन्ने प्रश्न समेत गर्नुभयो ।

राजनीतिक दलहरुले पनि जेन जीहरुसँग संवाद गर्न ढिलाई गर्नुहुन्न  

नेता सापकोटाले राजनीतिक दलहरुले पनि जेन जीहरुसँग संवाद गर्नुपर्ने बताउनु भयो । उहाँले वास्तविक जेन जीहरुको पहिचान गरेर संवााद गर्न ढिला भइसकेको बताउनु भयो । जेन जीहरुले उठाएका जायज मागहरु सम्बोधन गर्न राजनितिक दलहरु तयार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । जेन जीको एजेण्डाहरु हाईज्याक हुने खतरा बढ्दै गएको बताउनुहुँदै उहाँले राजनितिक दलहरुले जेन जीहरुसँग औपचारिक, अनौपचारिक सम्बाद अगाडी बढाउन आग्रह गर्नुभयो ।

उहाँले जेन जीहरुसँग सबै राजनितिक दलका युवा प्रतिनिधिहरुले सर्वपक्षिय राजनितिक सम्मेलन नै आयोजना गर्न पनि प्रश्ताव राख्नुभयो । जेन जीहरुले उठाएका जायज मगलाई कसरी एड्रेस गरेर जान सकिन्छ ? निर्वाचनमा जाँदा समान मुद्दाहरु के हुन सक्दछन् ? संविधानको संशोधन गर्ने विषयहरु के हुन सक्छन् ? हाल भएको विध्वंशको पुनःनिर्माणको मार्गचित्र के हुन सक्दछ ? समृद्धिका मुद्दाहरु के हुन सक्दछन् ? हामी सुशासनको सुनिश्चितता कसरी गछौँ ? लगायतका विषयमा जेन जीका प्रतिनिधिहरु र राजनितिक दलका नयाँ पुस्ताका प्रतिनिधिहरुसहितको एउटा वृहत भेला गर्न जरुरी रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक दलहरुले वास्तविक जेन जीहरुको पहिचान गरेर त्यहाँ सम्बाद बढाउन अझ ढिला भईसक्यो । त्यो बढाउनपर्छ र उहाँहरुलाई राष्ट्र, राष्ट्रियता, उहाँहरुले उठाएका विषयहरु जे हुन्, जायज हुन् । त्यो अन्यन्त्रै हाईज्याक हुने खतरा बढ्दै गइरहेको छ । वास्तविक जेन जीहरुलाई संविधानको रक्षा, लोकतन्त्रको रक्षा, सिस्टमको रक्षा र सिस्टमभित्रबाट जेन जीहरु समेत निति निर्माणको तहमा आउने, राष्ट्रिय निर्णायक राजनितिक दलहरुसंग त्यसभित्र नेतृत्वमा पुग्ने, त्यो वातावरणका साथ राजनितिक दलहरुले जेन जीहरुसँग औपचारिक, अनौपचारिक संवाद बढाउने । म त भन्न चाहन्छु, जेन जीहरुसँग सबै राजनितिक दलका हामी युवा प्रतिनिधिहरुले समेत एउटा सर्वपक्षिय राजनितिक सम्मेलन नै गरे पनि हुन्छ । उहाँहरुको पनि वास्तविक प्रतिनिधि आउन, निश्चित दलहरुका हामी राजनितिक नेता कार्यकर्ताहरुको प्रतिनिधित्व रहोस् । उहाँहरुले अहिले उठाएका जायज कुराहरुलाई कसरी एड्रेस गरेर जान सकिन्छ ? निर्वाचन नै भयो भने त्यहाँ हाम्रा समान मुद्दाहरु के हुन सक्दछन् ? खासगरी संविधानको संशोधन गर्ने विषयहरु के हुन सक्छन् ? अहिले विध्वंश भएको छ, यसको पुनःनिर्माणको मार्गचित्र के हुन सक्दछ र समृद्धिका मुद्दाहरु के हुन सक्दछन् ? हामी सुशासनको सुनिश्चितता कसरी गछौँ ? लगायतका तीनचार वटा कलष्टरहरुमा जेन जीका प्रतिनिधिहरु र राजनितिक दलका हामी नयाँ पुस्ताका प्रतिनिधिहरुसहितको एउटा वृहत भेला गर्न जरुरी छ ।’ 

उहाँले राजनितिक दलका युवा पुस्ता र जेन जीका प्रतिनिधिहरुबीच गोलमेच सम्मेलन गरेर एउटा राष्ट्रिय संकल्प गरिएमा हाल जेनजीका एजेण्डालाई हाईज्याक गर्ने, अराजकतातिर लैजाने, प्रतिशोध साँध्ने र सिंगो राष्ट्रलाई नै अराजकताको दिशातिर लैजाने प्रवित्तिको अन्त्य गर्न सकिने बताउनु भयो ।

मुठभेडको वातावरण बनाउनेतर्फ सरकार अग्रसर 

सरकार प्रतिशोधको भावनाबाट ग्रसित भएर समाजमा मुठभेडको अवस्था सिर्जना गर्न अग्रसर भएको नेता सापकोटाको आरोप छ । उहाँले कोही कसैको लहडमा राज्य लाग्न नहुनेमा जोड दिनुभयो ।

पछिल्ला दिनका निश्चित केही घटनाक्रमहरुलाई हेर्ने हो भने सरकारले दिएको संकेत सहज नभएको उहाँको भनाई छ । जेनजी आन्दोलनको अगुवाको नाममा हामी नेपाल नामक एनजिओका संस्थापक सुदन गुरुङका गतिविधिप्रति लक्षित गर्दै उहाँले विधि भन्दा माथि कोही व्यक्ति हुन नसक्ने बताउनु भयो ।

हामी नेपालका गुरुङले पछिल्लो समय सरकारलाई अनावश्यक दबाबमा पार्ने कार्य गरिरहेका छन् । निःवर्तमान प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न उनले दबाब सिर्जना गरिरहेका छन् । गुरुङको गतिविधिप्रति सापकोटाले असन्तुष्टी जनाउनु भयो । उहाँले विधिमाथि कोही नभएको उल्लेख गर्नुभयो । जेन जी आन्दोलनका क्रममा भएको नरसंहारको छानविन बन्न आयोग बनिसकेको उल्लेख गर्नुहुँदै उहाँले आयोगका प्रतिवेदनका आधारमा दोषी ठहर भएमा कारबाही गर्न सकिने बताउनु भयो ।

एउटा कोही युवाले प्रतिशोधका आधारमा कसैलाई समाउनुपर्छ भनेकै भरमा राज्य भावनामा बगेर, प्रभावित भएर त्यतातिर लाग्न नहुने उहाँको भनाई छ । कानून मूल्य मान्यतालाई नजरअन्दाज गरेर अगाडी बढेमा त्यसले समाजमा मुठभेडको स्थिति सिर्जना गर्ने उहाँले बताउनु भयो । यसले अस्थिरता सिर्जना गर्ने, मुठभेडको वातावरण बनाउने, बदला, प्रतिशोधको परिस्थिति सिर्जना गर्ने र त्यसवाट विश्रृंखलताको र अराजकताको परिस्थिति सिर्जना गरेर पूरै स्टेट फेलियरमा लैजाने डिजाईन गरेर बसेको अदृश्य शक्तिलाई मद्दत गर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘पछिल्ला केही दिनका निश्चित केही घटनाक्रमहरुलाई तिखो आँखाले हेर्ने हो भने संकेत निको छैन । चाहे त्यो सिंहदरबारभित्रका छलफलहरु हुन् वा सिंहदरबार बाहिरका अभिव्यत्तिहरु नै किन नहुन् । त्यसलाई हामीले नजिकबाट राम्रोसँग हेरिरहेका छौँ । विधि भन्दा ठूलो र माथि कोही पनि छैन । हुनसक्छ, नरसंहारमा को को छन् भन्ने कुराको एउटा आयोग बनेको छ । त्यो आयोगलाई अधिकार दिइएको छ । उसले तथ्य प्रमाणका आधारमा लिखित प्रतिवेदन नै सहित दिन्छ । त्यो प्रतिवेदनले दोषी ठहर भयो भने त्यसवेला बल्ल कसरी अगाडी जाने भन्नेकुराको मार्ग प्रसस्त हुन्छ । नत्रभने एउटा कोही युवाले प्रतिशोधका आधारमा, कसैले उसका दिमागमा भर्दिएर फलानोलाई समाउनपर्छ भन्दिएको छ कहिले, के गर्नुपर्छ भन्दिएको छ कहिले, त्यसका आधारमा फेरि राज्य भावनामा बगेर, सरकार प्रभावित भएर यसको के आउछ रियाक्शन, एक्शन भन्ने कुराको कुनै पुर्व मुल्याङकन नै नगरिकन थितिविधि कानून मूल्य मान्यतालाई नजरअन्दाज गरेर अगाडी गयो भने त्यसले चाहीँ फेरि समाजमा मुठभेडको स्थिति सिर्जना गर्छ । त्यो भनेको अन्ततः कुनै न कुनै रुपमा अस्थिरता सिर्जना गर्ने, मुठभेडको वातावरण बनाउने, बदला, प्रतिशोधको परिस्थिति सिर्जना गर्ने र त्यसबाट विश्रृंखलताको र अराजकताको परिस्थिति सिर्जना गरेर पूरै स्टेट फेलियरमा लैजाने डिजाइन सोचिरहेको छ, अदृश्य शक्तिले त्यसलाई नै त्यसले मद्दत पु¥याउँछ ।’ 
उहाँले वर्तमान सरकारको काम शान्ति, सुरक्षा, सुव्यवस्था कायम गर्ने र ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माण गर्ने भएको बताउनु भयो । अझ मुख्यतः निर्वाचन नै यो सरकारको काम भएको दोहो-याउँदै उहाँले आफ्नो मुल म्याण्डेडबाट सरकारच्युत हुन नुहुने बताउनु भयो ।

दलहरुलाई नयाँ ढंगबाट रुपान्तरण गर्न आवश्यक 

राजनीतिक दलहरुलाई नयाँ ढंगबाट रुपान्तरण र अपग्रेड गर्न आवश्यक रहेको उहाँले बताउनु भयो । जेन जीहरुको आवाज पनि पुराना दलहरुले आफ्नो कार्यशैली कार्यशैली परिवर्तन गर्छन् कि गर्दैनन् भन्ने नै रहेको उहाँको भनाई छ । जेन जीहरुको आवाजलाई सबै राजनीतिक दलहरुले सुन्नुपर्ने उहाँले बताउनु भयो । माओवादी केन्द्रले उनीहरुको आवाज सुनेर नै विशेष महाधिवेशन गर्न लागेको उहाँको दाबी छ । उहाँले राजनितिक दलमा नेतृत्व मात्रै परिवर्तन गरेर नहुने बताउनु भयो । दलहरुका प्रवृत्ति फेरेर रुपान्तरण गर्दै अपग्रेड गनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘दलहरुलाई नयाँ ढंगबाट रुपान्तरण र अपग्रेट भन्ने गरेको छु, मैले । रामप्रसादको ठाउँमा श्यामप्रसाद फेर्नेमात्रै विशुद्ध एउटा व्यक्तिमा केन्द्रित भएर छलफल गर्नुभयो भने त्यो अर्को गल्ती हुन्छ फेरि । त्यसैले दलहरुका प्रवृत्ति फेर्ने हो । दलहरुको रुपान्तरण गर्ने हो र दलहरुको अपग्रेट गर्ने हो, त्यसमा जानुपर्छ । हामी महाधिवेशनसम्म जाँदा आफ्ना तर्फबाट त्यसमा संकल्प गरि नै सकेका छोँ ।’  

उहाँले संविधानअनुसार आगामी दिनमा आफ्ना गतिविधि अगाडी बढाउन पनि सबै पक्षसँग आग्रह गर्नुभयो । संवैधानिक परिधिभित्रै रहेर समस्याको हल गर्न सकिने उहाँको भनाई छ । – न्युज एजेन्सी नेपाल