१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उखु किसानलाई प्रोत्साहन रकम ७५ रुपैयाँ भनेर ७० दिने गरिएको रहेछः कृषिमन्त्री परियार



फाइल फोटो
अ+ अ-

कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले सरकारले उखु किसानलाई प्रोत्साहन रकम ७५ रुपैयाँ दिने भनेर ७० रुपैयाँ दिने गरिएको पाइएको बताउनुभएको छ ।

मन्त्रालयमा बुधवार भएको कृषि पत्रकारहरुसँगको अन्र्तक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले किसानलाई प्रतिक्वीन्टल ७५ रुपैयाँ अनुदान दिनुपर्ने ७० रुपैयाँ दिएको बताउँदै गतवर्ष त्यसमा पनि आधा कटौती गरेको बताउनु भयो । गतवर्ष ३५ रुपैयाँ मात्रै प्रोत्साहन रकम भुक्तानी भएको उहाँले जानकारी दिनुभयो । के कारणले किसानको रकम कटौती भएको भन्ने बारेमा आफुलाई थाहा नभएको उहाँले बताउनु भयो । किसानले ७० रुपैयाँ नै अनुदान माग गरेकोले सरकारले सोहीअनुसार भुक्तानी थाल्न प्रक्रिया थालेको उहाँले जानकारी दिनुभयो ।

उखु किसानको अनुदान भुक्तानीको लागी थप ८० करोड रुपैयाँ बराबरको दायित्व सरकारलाई थपिने उहाँको भनाई छ । उहाँले दुग्ध विकास संस्थानले पनि ठूलो रकम किसानलाई भुक्तानी गर्न बाँकी रहेको बताउनु भयो । संस्थानले किसानलाई ५३ करोड रुपैयाँ बुझाउन बाँकी रहेको जानकारी दिनुभयो । दशैँ अगाडी ८३ करोड भुक्तानी गर्न बाँकी रहेकोमा हाल ३० करोड भुक्तानी भएको उहाँले बताउनु भयो । उहाँले किसानले आफूलाई दुधको पैसा कहिले तिर्नुहुन्छ ? भनेर म्यासेज गर्ने गरेको समेत बताउनु भयो । संस्थानले ४ महिनाभित्रमा दुधको सबै रकम भुक्तानी गर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘५३ करोड अहिले बुझाउनुपर्नेछ किसाहरुको, अहिले यहाँ मलाई बारम्बार फोन र म्यासेजहरु आईरहेको छ । तपाई अचम्म मान्नुहोला, केही किसानहरुले आएको भोलीपल्ट भएको छैन, दुधको पैसा कहिले तिर्नुहुन्छ ? भन्छ । अलिकति धैर्य राख्नुस् । अहिले अर्थमन्त्रीसँग पनि कुरा गरेको छु, प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु । यसलाई पनि समाधान गर्ने हामी कोशिस गर्नेछौँ । अहिले भर्खर पनि मैले अघि नै भने ८३ करोड बाट ३० करोड घटिसक्यो । कतिराम्रो ट्रेन्डमा गईरहेको छ । हामी त्यहाँका म्यानेजमेन्टमा पनि प्लान बुझिरहेका छोँ । कति महिनामा यसलाई तिर्न सकिन्छ, बताउनुस् भनेपछि डाईरेक्सन त रामै दिईरहेका छन् । अब कस्तो हुन्छ, दुई तीन महिनामा हेरौँ । तर मैले बुझे अनुसार ४ महिनाभित्रमा पेमेन्ट हुन्छ होला । यस्तै अर्को समस्या उखु किसानको छ, हेर्नोस् । ७५ रुपैयाँ उनीहरुलाई प्रोत्साहन स्वरुप भनेर प्रति क्वीन्टल उखु जुन पेलिन्छ, त्यसमा सरकारले ७० रुपैयाँ दिईरहेको रहेछ । गत वर्ष के भयो थाहा भएन, त्यसालाई घटाएर ३५ रुपैयाँमा पारे । अब ती किसानहरु ४०÷५० हजार किसानहरुको माग ३५ रुपैयाँ किन घटाईयो हामीलाई ७० रुपैयाँ चाहियो भनेर छ । ८० करोड बराबरको दायित्व अर्को थपिँदैछ । किसानहरुको मर्का त हामीले बुझ्नुप¥यो नी । कि त सरकारले पहिले देखी दिईरहेको कुरा अहिले अकस्मात घटाउनपर्ने कारण के थियो होला ? ३५ रुपैयाँमा किन झा¥यो ?’ 

मन्त्री परियारले कृषि तथा पशु बीमा गर्ने, किसानलाई तरकारी तथा फलफूलको उचित मूल्य दिने, चिया तथा कफी उत्पादनमा प्रोत्साहन गर्ने लगायतका कार्य मन्त्रालयको प्राथमिकतामा रहेको बताउनु भयो ।