४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

छिमली र पट्टा नाचमा झुमे दर्शक

छिमली र पट्टा नाचमा झुमे दर्शक
अ+ अ-

तम्घास। एकादशीदेखि कोजाग्रत पूर्णिणासम्म पश्चिम नेपालका विभिन्न जिल्लाका कोतघरमा सराय नाच हुने गर्दछ । गुल्मीका अन्य कोतभन्दा धुर्कोट गाउँपालिका–६ रजस्थलमा रहेको धुर्कोट कोतको सराय भने फरक देखिएको छ । किनकी यहाँ सरायभन्दा पहिले विभिन्न चार प्रकारका मौलिक नाच देखाउने गरिन्छ, जुन वीरलै हुन्छ ।

पूर्णिमाको दिन धुर्कोट कोतमा विशेषगरी छिमली नाच, तुरी नाच, हुँ हुँ नाच, पट्टा नाच र सराय नाच प्रदर्शन गरिन्छ । मन्दिरमा भक्तजन छिमली र पट्टा नाचमा बढी झुमेका छन् । सरायबाहेकका चार प्रकारका नाच सराय नाचसँगै सम्बन्धित रहे पनि प्रदर्शन कला भने फरक छ ।

सराय नाचको सुरुमा गन्धर्वलाई अगाडि लगाइ बाजागाजाको धुनसँगै हतियार लिएर विस्तारै हुँदै छिटो–छिटो गतिमा मौला वरिपरि नाचिने नाचलाई छिमली नाच भनिन्छ । कम्तिमा तीन पटक नाचिने यस नाचमा शक्तिको प्रदर्शन, युद्धको कला र एकताको प्रतिक प्रदर्शन गरिने नाचसम्बन्धी जानकार स्थानीय एवं हिमालय माविका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

कोतमा चौथो नाचको रुपमा पट्टा नाच नाचिन्छ । यस नाचमा दुईजना प्रतिद्वन्द्वीहरु ढाल र तरबार लिई बाजाको तालमा नाचने गर्छन । अनि झुक्याएजस्तो गरी एकले अर्कोलाई प्रहार गर्दछन् । तर अर्को व्यक्ति भने जोगिन्छ । यस्तो प्रहार दुवैले कम्तीमा तीन–तीन पटक गर्छन । यो देख्दा निकै डरलाग्दो देखिन्छ । यस नाचले मिल्ने साथी–साथीबीच पनि द्वन्द्व, इष्र्या र प्रतिशोध हुने भएकाले सबैसँग सतर्क हुनुपर्ने सन्देश दिने भण्डारीले बताउनुभयो ।

दुवै नाच हेर्नका लागि कोतमा हजारौँ भक्तजनको भीड रहेको थियो । अन्य ठाउँमा वीरलै प्रदर्शन गरिने, लोपोन्मुख नाच भएको एवं वर्षमा एकपटक मात्र प्रदर्शन गरिने भएकोले यी नाचको विशेष महत्व रहेको छ । स्थानीय गीता पन्थीले आफूले पहिलोपटक पट्टा नाच हेरेको बताउनुभयो । “धेरै सुनेको थिए, तर हेरेकी थिइन”, उहाँले भन्नुभयो, “अहिले हेर्ने मौका मिल्यो, निकै आकर्षक हुँदोरहेछ ।” आफू कामको सिलसिलामा बाहिर भएकाले हेर्न नपाएको उहाँले बताउनुभयो ।

मालिका गाउँपालिकाबाट आएकी वसुन्धरा घिमिरेले पनि छिमली नाच हेरेर मनोरञ्जन लिएको बताउनुभयो । विगतमा एकपटक मात्र हेरेको र अहिले धेरै वर्षपछि छिमली नाच हेरेको उहाँले बताउनुभयो । “वर्षमा एकपटक मात्रै देखाइन्छ, धेरै आकर्षक हुन्छ”, उहाँले भन्नुभयो ।

उल्लेखित नाचका साथै कोतमा भव्यताका साथ सराय पनि नाँचिएको छ । धुर्कोट दरबार अगाडिको पटागिंनीमा गोलो लाइन बनाएर दुई/दुई जनाको जोडीमा सयौँ व्यक्ति बाजा–गाजाको साथमा हातमा तरवार, खुकुरी, ढाल, खुडा, लठ्ठीलगायतका युद्धमा प्रयोग हुने हतियार लिएर सराय नाँचिएको छ । किम्बदन्ती अनुसार विसं १४६५ मा खड्गराज मल्ल धुर्कोटको राजा बनेपछि खुसियालीमा दसैँको पूर्णिमाका दिन विजय उत्सव मनाइएको सम्झनामा सराय नाच स्थानीय बताउँछन् ।

धुर्कोट कोतमा हुने छिमली, पट्टा एवं सराय नाचलाई व्यवस्थित गर्दै पर्यटक आकर्षित गर्न धुर्कोट गाउँपालिकाले पनि पहल गरेको छ । पालिकाले पछिल्लो समय झण्डै रु पाँच करोडभन्दा बढी खर्चेर विभिन्न संरचना निर्माण गरेको छ । धुर्कोट दरबार परिसरमा तारबार एवं लाइटिङ, सिँढी निर्माण, सङ्ग्रहालय, मन्दिरको पुनर्निर्माणलगायतका क्षेत्रमा काम गरिएको अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो । “सङ्घ, प्रदेश र पालिकाको गरी पाँच करोडभन्दा बढीको काम गरेका छाँै”, अध्यक्ष पोखरेलले भन्नुभयो, “यस वर्ष सबैभन्दा बढी भक्तजन आउनुभएको छ ।”