४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

कालिमाटी तरकारी बजारमा हरियो साग तथा तरकारीको मूल्यमा अस्वभाविक वृद्धि

कालिमाटी तरकारी बजारमा हरियो साग तथा तरकारीको मूल्यमा अस्वभाविक वृद्धि
अ+ अ-

काठमाडौँ । गत शनिवार र आईतवारको अविरल वर्षाले तरकारी तथा हरियो सागको आपूर्ति प्रभावित हुँदा काठमाडौंको कालिमाटी तरकारी बजारमा हरियो साग तथा तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ ।

अविरलको वर्षासँगै पहिरो खस्दा उपत्यकासँग छिमेकी जिल्लाको सडक नेटवर्क अवरुद्ध हुँदा तरकारी भित्रिन नपाएको हरियो साग तथा तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि भएको हो ।

सकडमार्ग अवरुद्ध भएको कारण गाउँका उत्पादकहरुले साग तथा तरकारी काठमाडौं ल्याउन पाएका छैनन् । सोही कारण सामान्यतया २ सय रुपैयाँ प्रतिकिलोमा उपलब्ध हुने तरकारीका मूल्य ६ सय रुपैयाँसम्म पुगेको छ । कालिमाटी तरकारी बजारका व्यवसायी रामकृष्ण दुवालकाअनुसार दशैँअघि दैनिक तीन–चार हजार केजी तरकारी तथा सागसब्जी कालिमाटी बजारमा भित्रिने भएपपनि  दशैँको समयमा यो परिमाण घटेर दुई–तीन क्विन्टलमा झरेको थियो । जसले स्थानीय बासिन्दाहरूलाई समेत पर्याप्त रुपमा तरकारी उपलब्ध गर्न समस्या भएको उहाँको भनाइ छ । वर्षाले सडक तथा बाटोमा पानीको सतह बढाउँदा ग्रामीण क्षेत्रबाट तरकारीको पूर्णतः ढुवानी हुन नसकेकोले आपूर्तिमा समस्या भइरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘अविरल वर्षाको कारण दशैँ पछाडि बजार तरकारी आएन । त्यसकारण दशैँसँगै आएको अविरल वर्षाको कारण दुई सय पर्ने तरकारी किलोको ६ रुपैयाँसम्म पुगेको छ ।  धनिया मात्र पनि दशैँभन्दा पहिले दुई सय रुपैयाँमा पाइन्थ्यो । अहिले ८ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । पानी परेर गाउँबाट ल्याउन नसकिएकै कारण हरियो साग र तरकारीको भाउ दोब्बरभन्दा बढीले बढ्यो । दशैँमा तरकारीको आपुर्ती कम भयो । तीन चार हजार आउनुपर्ने तरकारी र सागहरु दशैंको समयमा दुई, तीन क्वीन्टल मात्र आयो । त्यो तरकारीले त यहाँको स्थानीयलाई पनि पुगेन । त्यो समयमा धनिया किलोको ८ सय, पालक किलोको ३ सय अनि गोलभेडा किलोको १ सय रुपैया पनि पुग्यो । त्यसकारण पाउँदै नपाउने अवस्था त भएन । तर आपूर्ति कम र माग बढी हुँदा महंगियो ।’

सडक सञ्जाल खुलेसँगै तरकारी आपूर्ति सहज हुने व्यवसायीहरुको विश्वास छ ।