१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुदान पाएपछि व्यावसायिक तरकारीखेती



अ+ अ-

भोजपुर । वडाकार्यालयबाट अनुदान पाएपछि टेम्केमैयुङ गाउँपालिका–३ का किसान व्यावसायिक सागसब्जी खेतीमा जुटेका छन् ।

उक्त वडाका किसानले अहिले आफ्नो बारीमा बन्दा, टमाटर, खुर्सानी, काउलीलगायत मौसमी सागसब्जी व्यावसायिक रूपमा उत्पादन गरेका छन् । वडाबाट सहयोग भएकाले खेतीमा जुटेको स्थानीय किसान राजबहादुर राईले बताउनुभयो ।

“चार वर्षदेखि सागसब्जी लगाउँदै छु”, उहाँले भन्नुभयो, “वडाबाट सहयोग पाएपछि खेतीमा लाग्न प्रोत्साहन मिलेको छ ”, वडाबाट अनुदान,तालिम र प्राविधिक सहयोग पाएको जानकारी दिँदैं उहाँले भन्नुभयो ।

किसानलाई अझ प्रोत्साहन गर्न उपकरणसमेत प्रदान गर्ने सोचमा आफू रहेको वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । किसानलाई आत्मनिर्भर बनाउन अनुदानको व्यवस्था गरिएको उहाँको कथन छ ।