५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षतिग्रस्त सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने, अवरुद्ध सडक सञ्चालन सरकारको पहिलो प्राथमिकतामा



फाइल फोटो
अ+ अ-

काठमाडौँ । सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न रु १२ अर्ब ३८ करोड लाग्ने जनाउँदै अवरुद्ध सडक सञ्चालनलाई पहिलो प्राथमिकता दिएको बताएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मनसुनजन्य विपद्बाट क्षतिग्रस्त मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि रु १० अर्ब ६८ करोड लाग्ने अनुमान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर मातहतका निकायले काम गरिरहेका बताउनुभएको छ । यथाशक्य चाँडो अवरुद्ध सडक सञ्चालन गर्न उपकरणसहितका जनशक्ति परिचालन गरिएको उहाँले बताउनुभएको छ ।

हालैको बाढीबाट मेची राजमार्गमा अधिक क्षति भएको छ । यो राजमार्गको पुनर्निर्माणका लागि रु एक अर्ब ५० करोड आवश्यक पर्ने अनुमान गरिएको छ । त्यसैगरी, क्षतिग्रस्त कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट—मुग्लिङलगायत राजमार्ग पुनःनिर्माण गर्न रु तीन अर्ब ७७ करोड लाग्ने सरकारको अनुमान छ ।

मन्त्री घिसिरङको निजी सचिवालयका अनुसार क्षति भएका १७ वटा पुल पुनःनिर्माण गर्न रु चार अर्ब ५२ करोड, बेलिब्रिज जडान गर्न रु ८० करोड तथा वैकल्पिक सडक मर्मतसम्भार गर्न रु एक अर्ब ५९ करोड लाग्ने अनुमान सरकारले गरेकोे छ ।