९ आश्विन २०८१, बुधबार
,
Latest
परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान सिराहामा बाबुको हत्या अभियोगमा छोरा पक्राउ उपप्रधानमन्त्री पौडैल र चीनका समकक्षी हि लिफेङबीच बेइजिङमा भेटवार्ता मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो कोरला नाकामा सञ्चार सुविधा विस्तार सहकारी प्रकरण : राजनीतिक स्टन्टबाजी कि सुशासनको खोजी ? रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको उपजः राजधानीका सडक रङरोगनले चिटिक्क



अ+ अ-

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दी (लकडाउन) गरिएपछि जनजीवनमा असजिलो भए पनि कतिपय कामलाई भने सहज भएको छ । काठमाडौँ उपत्यकामा कालोपत्रे (ओभर–ले) गरिएका सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनका लागि भने अहिले सहज भएको छ । सडकमा सवारी साधन असाध्य न्यून हुँदा धमाधम सडकमा ट्राफिक चिह्न बनिरहेका छन् भने रङरोगनको काम पनि भइरहेको छ । ट्राफिक चिह्न र सडक वरिपरि रङरोगन भएपछि राजधानीका सडक चिल्ला, सफा र चिटिक्क देखिन थालेका छन् ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने, “उपत्यकाका तीनवटै जिल्लामा सडक विभागअन्तर्गत रहेका कुल ८० किलोमिटर सडकमा कालोपत्रे गर्ने योजना रहेकोमा अहिलेसम्म ५५ किलोमिटरमा कालोपत्रेको काम सम्पन्न भएको छ । कालोपत्रे भएकामध्ये अधिकांश सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनको काम अन्तिम चरणमा पुगेको छ ।” बन्दाबन्दीका कारण कामदारको अभावमा अहिले उपत्यकाका सडकमा कालोपत्रे गर्ने काम बन्द रहेको बताउँदै उहाँले बन्दाबन्दीपछि बाँकी रहेका सडकहरूमा कालोपत्रे गरिने बताए। “ती सडकमा भने ट्राफिक चिह्न निर्माण तथा रङरोगन सडक कालोपत्रे भएपछि मात्रै हुनेछ”, उनले स्पष्ट पारे ।

बन्दाबन्दी खुलेपछि एक महिनाको समयमा कालोपत्रेको काम सम्पन्न गर्ने सडक विभागको योजना छ । ललितपुर र भक्तपुरमा कालोपत्रे गरिएका सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनको काम पूरा भएको जानकारी सडक विभागले दिएको छ । सडक डिभिजन कार्यालय, काठमाडौँका प्रमुख कुवेर नेपालीले सोमबारसम्म रङरोगन लगायतका काम सकिने बताए।

काठमाडौँ जिल्लामा सडक डिभिजन कार्यालय अन्तर्गतका १० किलोमिटर सडक कालोपत्रे गर्न बाँकी र जम्मा ४१ किलोमिटर सडकमा कालोपत्रे गर्ने लक्ष्य छ । कार्यालयका अनुसार महाराजगन्ज, बालुवाटार, थापाथली, न्यु प्लाजा, पुतलीसडक, भद्रकाली, रत्नपार्क, प्रदर्शनीमार्ग, अनामनगर, धुम्बाराही, हाँडीगाउँ, ज्ञानेश्वर, सामाखुसी, टोखा सडकखण्डमा ट्राफिक चिह्न र रङरोगनको काम सकिएको छ । उपत्यकामा काठमाडौँ, ललितपुर र भक्तपुर सडक डिभिजन कार्यालयअन्तर्गत क्रमशः ९३, ३८ र १९ वटा सडक छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै सडकका खाल्डाखुल्डी चाँडो पुर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएपछि काठमाडौँमा सडक सुधारको काम तीव्र्र रूपमा भइरहेको छ । गोरखापत्र दैनिक