६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

लकडाउनको उपजः राजधानीका सडक रङरोगनले चिटिक्क

लकडाउनको उपजः राजधानीका सडक रङरोगनले चिटिक्क
अ+ अ-

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दी (लकडाउन) गरिएपछि जनजीवनमा असजिलो भए पनि कतिपय कामलाई भने सहज भएको छ । काठमाडौँ उपत्यकामा कालोपत्रे (ओभर–ले) गरिएका सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनका लागि भने अहिले सहज भएको छ । सडकमा सवारी साधन असाध्य न्यून हुँदा धमाधम सडकमा ट्राफिक चिह्न बनिरहेका छन् भने रङरोगनको काम पनि भइरहेको छ । ट्राफिक चिह्न र सडक वरिपरि रङरोगन भएपछि राजधानीका सडक चिल्ला, सफा र चिटिक्क देखिन थालेका छन् ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने, “उपत्यकाका तीनवटै जिल्लामा सडक विभागअन्तर्गत रहेका कुल ८० किलोमिटर सडकमा कालोपत्रे गर्ने योजना रहेकोमा अहिलेसम्म ५५ किलोमिटरमा कालोपत्रेको काम सम्पन्न भएको छ । कालोपत्रे भएकामध्ये अधिकांश सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनको काम अन्तिम चरणमा पुगेको छ ।” बन्दाबन्दीका कारण कामदारको अभावमा अहिले उपत्यकाका सडकमा कालोपत्रे गर्ने काम बन्द रहेको बताउँदै उहाँले बन्दाबन्दीपछि बाँकी रहेका सडकहरूमा कालोपत्रे गरिने बताए। “ती सडकमा भने ट्राफिक चिह्न निर्माण तथा रङरोगन सडक कालोपत्रे भएपछि मात्रै हुनेछ”, उनले स्पष्ट पारे ।

बन्दाबन्दी खुलेपछि एक महिनाको समयमा कालोपत्रेको काम सम्पन्न गर्ने सडक विभागको योजना छ । ललितपुर र भक्तपुरमा कालोपत्रे गरिएका सडकमा ट्राफिक चिह्न निर्माण तथा रङरोगनको काम पूरा भएको जानकारी सडक विभागले दिएको छ । सडक डिभिजन कार्यालय, काठमाडौँका प्रमुख कुवेर नेपालीले सोमबारसम्म रङरोगन लगायतका काम सकिने बताए।

काठमाडौँ जिल्लामा सडक डिभिजन कार्यालय अन्तर्गतका १० किलोमिटर सडक कालोपत्रे गर्न बाँकी र जम्मा ४१ किलोमिटर सडकमा कालोपत्रे गर्ने लक्ष्य छ । कार्यालयका अनुसार महाराजगन्ज, बालुवाटार, थापाथली, न्यु प्लाजा, पुतलीसडक, भद्रकाली, रत्नपार्क, प्रदर्शनीमार्ग, अनामनगर, धुम्बाराही, हाँडीगाउँ, ज्ञानेश्वर, सामाखुसी, टोखा सडकखण्डमा ट्राफिक चिह्न र रङरोगनको काम सकिएको छ । उपत्यकामा काठमाडौँ, ललितपुर र भक्तपुर सडक डिभिजन कार्यालयअन्तर्गत क्रमशः ९३, ३८ र १९ वटा सडक छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै सडकका खाल्डाखुल्डी चाँडो पुर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएपछि काठमाडौँमा सडक सुधारको काम तीव्र्र रूपमा भइरहेको छ । गोरखापत्र दैनिक