२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धविराम वार्ताका लागि इजरायल र हमासका प्रतिनिधि इजिप्टमा



Palestinians carry sacks of flour unloaded from a humanitarian aid convoy that reached Gaza City from the northern Gaza Strip, Saturday, July 26, 2025. (AP Photo/Jehad Alshrafi)
अ+ अ-

कायरो। राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न वार्ताकारहरूलाई ‘छिटो अघि बढ्न’ आग्रह गरेसँगै हमास, इजरायल र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिहरू सोमबार इजिप्टमा वार्ताका लागि भेला भएका छन्।

इजरायली जेलमा राखिएका प्यालेस्टिनीहरूको बदलामा गाजामा लडाइँ अन्त्य गर्ने र बन्दीहरूलाई रिहा गर्ने ट्रम्पको प्रस्तावमा हमास र इजरायल दुवैले सकारात्मक प्रतिक्रिया दिएका छन्।

वार्ताकारहरूले अप्रत्यक्ष वार्ताबाट आगामी छलफलका बिषयहरू ट्ङ्गो लगाउने आशा गरेका छन्। स्मरण रहोस्, सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि हमासले आक्रमण गरेको थियो भने यसको ठीक दुई बर्ष पछि युद्धविराम वार्ताका लागि मिति तय गरिएको छ।

ट्रम्पको योजनामा हमासको निशस्त्रीकरणको परिकल्पना गरिएको भएपनि लडाकू समूहले यसलाई स्वीकार गर्ने सम्भावना कम देखिएको छ तर अन्य बुँदाहरूमा युद्धरत दुवै पक्ष सकारात्मक देखिएका छन्।

प्रस्तावमा गाजा पट्टीबाट इजरायली सेनालाई पूर्ण रूपमा फिर्ता गर्ने पनि व्यवस्था छ तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धकहरूको रिहाइलाई सुरक्षित गर्दै ‘भित्र’ सेनाहरू पुनः तैनाथ गर्ने बताएका छन्।

इस्लामिक समूहले रिहाइका लागि प्रस्ताव गरेका प्यालेस्टिनी कैदीहरूको नामलाई लिएर यसअघिका चरणको वार्ता पनि रोकिएको थियो।

गत महिना दोहामा इजरायली आक्रमणमा समूहका अन्य नेताहरूसँग लक्षित भएका हमासका प्रमुख वार्ताकार खलिल अल–हयाले सोमबार कायरोमा इजिप्ट र कतारका मध्यस्थकर्ताहरूसँग भेट गर्ने कार्यक्रम रहेको समूहका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताए।

अधिकारीहरूले कडा सुरक्षामा बन्द ढोकाभित्र भइरहेको वार्ताको रसदको बारेमा थोरै विवरण दिएका छन्। वार्ताले ‘अस्थायी युद्धविरामको मिति निर्धारण गर्ने’ प्रयास गर्ने हमासका अधिकारीले बताएका छन्।

साथै वार्ताले योजनाको पहिलो चरणको लागि अवस्था सिर्जना गर्नेछ, जसमा गाजामा राखिएका ४७ बन्धकहरूलाई सयौँ प्यालेस्टिनी बन्दीहरूको बदलामा रिहा गरिनेछ। (रासस/एएफपी