२१ मंसिर २०८२, आईतवार
,
Latest
ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखविरुद्ध सुधन गुरुङको किटानी जाहेरी,भएन दर्ता



अ+ अ-

काठमाडौँ। निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउको माग गर्दै आफूलाई जेन–जी समूहको नेता दाबी गर्ने सुदन गुरुङ प्रहरी परिसर काठमाडौं पुगेका छन् ।

गुरुङ काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा लिखित जाहेरी लिएर पुगेका थिए। तर प्रहरीले जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको स्रोतले जनाएको छ।

यसैबीच काठमाडौं उपत्यका प्रहरी परिसरले सुरक्षाको कारण देखाउँदै सम्पूर्ण वृत्तलाई फिर्ता बोलाएको छ । ‘सडकबाटै देखाइदिन्छौँ’ भन्दै गुरुङको टिमले धम्की दिएपछि प्रहरीले सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई वृत्तमा तानिएको हो ।