२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि भरि सिलिण्डर ग्यास पाउने



अ+ अ-

काठमाण्डौ । आधा सिलिण्डर ग्यास बिक्री गर्दै आएको नेपाल आयल निगमले आजदेखि पुरै भरिएको ग्यासको सिलिण्डर बिक्री गर्ने भएको छ ।

निगमले गएको १६ गतेदेखि कोरोना संक्रमणका कारण उत्पन्न संकट कम गर्न भन्दै आधा सिलिण्डर ग्यास बिक्री गर्दै आएकोमा आजदेखि पुरै ग्यासको सिलिण्डर बिक्री गर्ने भएको हो ।

शुक्रबार निगम सञ्चालक समितिको बसेको बैठकले आइतबार (आज) देखी पुरै ग्यास सिलिण्डर बिक्री गर्ने निर्णय गरेको थियो ।