२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूतहरुले एक महिनाको तलब कोरोना उपचार कोषमा जम्मा गर्ने



अ+ अ-

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नौ नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब जम्मा गर्ने भएका छन् । पाकिस्तान, इजराइल, कतार, इजिप्ट, बहराइन,साउदी अरब, ओमान, कुवेत र युएईका नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब कोषमा जम्मा गर्ने निणर्य गरेको हो ।

राजदूतहरु पाकिस्तानका लागि सेवा लम्साल, इजराइलका लागि डा अञ्जना शाक्य, कतारका लागि नारदनाथ भारद्वाज, इजिप्टका लागि झविन्द्रप्रसाद अर्याल, बहराइनका लागि सुन्दास, साउदी अरबका लागि महेन्द्रप्रसाद सिंह राजपुत, ओमानका लागि शर्मिला पराजुली ढकाल, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी र युएईका लागि कृष्णप्रसाद ढकालले एक महिनाको तलब राहत कोषमा दिने निर्णय गर्नुभएको हो ।