२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक डाउन घोषणाको २० दिन जारि, लक डाउन लम्बिन सक्ने संकेत



अ+ अ-

काठमाडौं । आज लक डाउन घोषणा भएको २० औं दिन पनि जारी रहेको छ ।

चैत ११ गते विहान ६ बजेबाट सुरु भएको लक डाउन आइतबार पनि जारी रहेको हो । लक डाउनका कारण राजधानीका सडक सुनसान छन् । विभिन्न ठाउँमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । आइतबार पनि विगतदिन जस्तै अत्यावश्यक सेवा र पासबाहक गाडी बाहेक अन्य सवारी सञ्चालनमा आएका छैनन् ।

प्रहरीले लक डाउनका समयमा हिड्नेहरुलाई कारवाही गरिरहेको छ । नेपालमो कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले तेस्रो पटक गरेको घोषणा गरी लक डाउन वैशाख ३ गतेसम्म जारी राख्ने बताएको छ । कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन् ।

बैशाख ३ गतेपछि पनि लक डाउन लम्बिन सक्ने संकेत सरकारले गरेको छ । हिजो सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको भिडियो कन्फ्रेन्समा प्रधानमन्धी केपी शर्मा ओलीले लक डाउनलाई निरन्तरता दिने र सीमा नाकामा कडाई गरिने बताउनुभएको थियो ।