४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविरल वर्षाका कारण फसेका नागरिकलाई सेनाले गर्‍यो उद्धार



फाइल फोटो
अ+ अ-

काठमाडौँ। असोज १७ गते बेलुकीदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा फसेका नागरिकलाई नेपाली सेनाले उद्धार गरेको छ ।

मोरङ्गको कटहरी गाउँपालिका–४ नयाँबजार इलाकास्थित लोहन्द्रा खोलामा आएको बाढीका कारण सुकुम्बासी टोल डुबानमा परेर फसेका छ जना बालबालिकालाई शिवदल गणको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस्तै, झापाको झापा गाउँपालिका–१ मिलनबस्तीमा डुबानमा परेका १० जना पुरुष र पाँच जना महिला गरी १५ जनालाई अरिदमन गणबाट खटिएको टोलीले मोटरबोटबाट उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

सोही इलाकामा माई खोलाले हुलाकी राजमार्ग कटान गरी फसेका करिब ८० जनाको उद्धार गरिएको छ । यसका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर आवश्यक उपकरण र दक्ष जनशक्तिसहित उक्त स्थानतर्फ खटिएकामा हालसम्म १६ जनाको हवाई उद्धार र मोटरबोटबाट २० जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाँकी व्यक्तिलाई समेत उद्धार गर्ने कार्य भइरहेको नेपाली सेनाले जनाएको छ ।

सोही गाउँपालिका–२ सडक बस्ती तथा वडा नं ६, स्वर्णमति युवा टोलमा बाढीका कारण डुबानमा परेका १३ महिला र ११ पुरुष गरी २४ जनालाई अरिदमन गणबाट खटिएको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखेको छ ।

इलामको इलाम नगरपालिका–६ घोस इलाकामा पहिरोमा पुरिएका व्यक्तिको खोज तथा उद्धारका क्रममा रणशार्दुल गणबाट खटिएको फौजले पाँच जनाको शव फेला पारेको छ । साथै जीवितै उद्धार गरिएका एक जनालाई थप उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएको पनि निर्देशनालयले जनाएको छ ।रासस