१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइक्रोबस दुर्घटना हुँदा ११ घाइते



अ+ अ-

तनहुँ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा हेल्थ पोष्टचोक नजिकैको पहिरोमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

आज दुलेगौँडाबाट लालिमतर्फ जादै गरेको ग १ ज ८३१७ नम्बरको माइक्रो सडकबाट २० मिटर तल खसेको हो । विङ्गरमा सवार चौध महिने बच्चासहित ११ जना घाइते भएका इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिनुभयो ।

घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको उहाँले बताउनुभयो ।

अन्य घाइतेको दुलेगौँडास्थित तनहुँ सेवा हस्पिटलमा उपचार भइरहेको छ । केही समय अगाडि सडकमा पहिरो गएको थियो । रासस