९ आश्विन २०८१, बुधबार
,
Latest
परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान सिराहामा बाबुको हत्या अभियोगमा छोरा पक्राउ उपप्रधानमन्त्री पौडैल र चीनका समकक्षी हि लिफेङबीच बेइजिङमा भेटवार्ता मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो कोरला नाकामा सञ्चार सुविधा विस्तार सहकारी प्रकरण : राजनीतिक स्टन्टबाजी कि सुशासनको खोजी ? रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कन्ट्र्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ सुस्त



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १२ पुगे पनि ती व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्र्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ कार्य निकै सुस्त गतिमा अघि बढेको छ । चिकित्सकका अनुसार संक्रमित व्यक्तिको सम्पर्कमा आएकाको पहिचान गर्न कन्ट्र्याक्ट ट्रेसिङ महत्वपूर्ण मानिन्छ । यस्तै, संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूलाई पछ्याउन ट्र्याकिङ गरिन्छ । सरकारले प्रभावकारी तवरबाट कन्ट्र्याक्ट ट्रेसिङ नगरेको स्वास्थ्य विज्ञहरूले बताएका छन् । संक्रमित व्यक्तिको सम्पर्कमा आएकालाई कन्ट्र्याक्ट ट्रेसिङ गरिन्छ ।

वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमले सरकारले कन्ट्र्याक्ट ट्रेसिङ बढाउनुपर्ने बताए । उनले भने, ‘समुदायमा संक्रमण फैलिन नदिन कन्ट्र्याक्ट ट्रेसिङ अनिवार्य मानिन्छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा मात्रै राखेर हुँदैन । उनीहरूको नमुना परीक्षण पनि गर्नुपर्छ ।’ उनले लक्षण नभएर पनि कोरोना संक्रमण हुने भन्दै संक्रमित व्यक्तिको सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राख्नुपर्ने बताए । सरकारको पछिल्लो तथ्यांकअनुसार १ सय ४० बढीको ट्रेस गरिएको छ । सम्भावित बिरामीको ट्रेसिङ र ट्र्याकिङ गर्न २६ चैतमा कल सेन्टर स्थापना गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार करिब २० हजार सिमबाट सम्बन्धितलाई सम्पर्क गरी सम्पर्क स्थापना गर्ने र ट्रेसिङ गर्ने क्रममा हालसम्म १ हजार ७ सय ५६ जनालाई सम्पर्क गरिएको छ । कन्ट्र्याक्ट ट्रेसिङ सुस्त हुँदा संक्रमण दर फैलिने भन्दै यथाशीघ्र ट्रेसिङ बढाउनुपर्ने चिकित्सकहरू बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले कन्ट्र्याक्ट ट्रेसिङ जारी रहेको बताए । उनले भने, ‘थप तीन संक्रमित व्यक्ति को कोसँग सम्पर्कमा आए भनेर ट्रेसिङ सुरु भइसकेको छ । यो हामीसँग कन्ट्याक्टमा आएकाहरूलाई सम्पर्क गरिरहेका छौं ।’

दोस्रो संक्रमितको सम्पर्कमा आएका १२, तेस्रो १४, चौथो ३४, पाँचौं १६, छैटौं संक्रमितको सम्पर्कमा आएका चार जनाको ट्रेस गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये तीन जनाको वीरगन्जस्थित नारायणी अस्पताल, दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, दुई जना धौलागिरी अस्पताल, चार जनाको सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ । यसैबीच, हालसम्म र्यापिड डायग्नोस्टिक टेस्ट र रियल टाइम पीसीआर प्रविधिमार्फत ८ हजार ५ सय ५ जनाको कोरोना परीक्षण गरिएको छ । यस्तै, ७ हजार ९ सय ७३ जना क्वारेन्टाइनमा बसेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८५ जना आइसोलेसनमा उपचाररत छन् । जसमध्ये ७० जना उपत्यकाबाहिर र १५ जना उपत्यकाका अस्पतालमा उपचाररत छन् । राजधानी दैनिक