६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘कन्ट्र्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ सुस्त

‘कन्ट्र्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ सुस्त
अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १२ पुगे पनि ती व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्र्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ कार्य निकै सुस्त गतिमा अघि बढेको छ । चिकित्सकका अनुसार संक्रमित व्यक्तिको सम्पर्कमा आएकाको पहिचान गर्न कन्ट्र्याक्ट ट्रेसिङ महत्वपूर्ण मानिन्छ । यस्तै, संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूलाई पछ्याउन ट्र्याकिङ गरिन्छ । सरकारले प्रभावकारी तवरबाट कन्ट्र्याक्ट ट्रेसिङ नगरेको स्वास्थ्य विज्ञहरूले बताएका छन् । संक्रमित व्यक्तिको सम्पर्कमा आएकालाई कन्ट्र्याक्ट ट्रेसिङ गरिन्छ ।

वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमले सरकारले कन्ट्र्याक्ट ट्रेसिङ बढाउनुपर्ने बताए । उनले भने, ‘समुदायमा संक्रमण फैलिन नदिन कन्ट्र्याक्ट ट्रेसिङ अनिवार्य मानिन्छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा मात्रै राखेर हुँदैन । उनीहरूको नमुना परीक्षण पनि गर्नुपर्छ ।’ उनले लक्षण नभएर पनि कोरोना संक्रमण हुने भन्दै संक्रमित व्यक्तिको सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राख्नुपर्ने बताए । सरकारको पछिल्लो तथ्यांकअनुसार १ सय ४० बढीको ट्रेस गरिएको छ । सम्भावित बिरामीको ट्रेसिङ र ट्र्याकिङ गर्न २६ चैतमा कल सेन्टर स्थापना गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार करिब २० हजार सिमबाट सम्बन्धितलाई सम्पर्क गरी सम्पर्क स्थापना गर्ने र ट्रेसिङ गर्ने क्रममा हालसम्म १ हजार ७ सय ५६ जनालाई सम्पर्क गरिएको छ । कन्ट्र्याक्ट ट्रेसिङ सुस्त हुँदा संक्रमण दर फैलिने भन्दै यथाशीघ्र ट्रेसिङ बढाउनुपर्ने चिकित्सकहरू बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले कन्ट्र्याक्ट ट्रेसिङ जारी रहेको बताए । उनले भने, ‘थप तीन संक्रमित व्यक्ति को कोसँग सम्पर्कमा आए भनेर ट्रेसिङ सुरु भइसकेको छ । यो हामीसँग कन्ट्याक्टमा आएकाहरूलाई सम्पर्क गरिरहेका छौं ।’

दोस्रो संक्रमितको सम्पर्कमा आएका १२, तेस्रो १४, चौथो ३४, पाँचौं १६, छैटौं संक्रमितको सम्पर्कमा आएका चार जनाको ट्रेस गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये तीन जनाको वीरगन्जस्थित नारायणी अस्पताल, दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, दुई जना धौलागिरी अस्पताल, चार जनाको सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ । यसैबीच, हालसम्म र्यापिड डायग्नोस्टिक टेस्ट र रियल टाइम पीसीआर प्रविधिमार्फत ८ हजार ५ सय ५ जनाको कोरोना परीक्षण गरिएको छ । यस्तै, ७ हजार ९ सय ७३ जना क्वारेन्टाइनमा बसेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८५ जना आइसोलेसनमा उपचाररत छन् । जसमध्ये ७० जना उपत्यकाबाहिर र १५ जना उपत्यकाका अस्पतालमा उपचाररत छन् । राजधानी दैनिक