२३ श्रावण २०८३, शनिबार
,
Latest
ह्वाइट हाउसमा बालरुम बनाउने ट्रम्पको ४० करोड डलरको परियोजनामाथि अमेरिकी अदालतको रोक दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, आठ जना घाइते सर्वोच्चको आदेशले वैशाख ४ को फैसला उल्ट्याएको छैन, हामी तथ्यसहित उपस्थित हुन्छौँः उपसभापति शर्मा यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छ: प्रधानमन्त्री शाह देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित सिँढीबाट लडेर युवकको मृत्यु माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्सामा



अ+ अ-

काठमाडौँ । बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ । बारामा १४०.४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ ।

विभागले वारा र पर्सामा भएको वर्षा अति भारी भएको जनाउँदै देशको मध्य क्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको, नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको बताएको छ । यो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौँ उपत्यकालगायत १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ । पचास भन्दा बढी मापन केन्द्रहरुमा ३० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भएको छ ।

हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भइरहेको तथा फेरि अर्को प्रणाली पनि सक्रिय हुने सम्भावना बढेकाले आज राति पनि धेरै स्थानमा वर्षा हुने विभागले जनाएको छ ।