२३ आश्विन २०८१, बुधबार
,
Latest
अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी दसैँ अविधमा यस्तो छ मौसम बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना सन्त्रासबीच भाइरल ज्वरो



अ+ अ-

प्युठान । प्युठान अस्पताल बिजुवारमा मौसममा भएको परिवर्तनसँंगै भाइरल ज्वरोका बिरामी बढ्दै छन् । अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका समयमा भाइरल ज्वरोका बिरामीसमेत अस्पताल आउने गरेको अस्पतालका सूचना अधिकारी राजन घिमिरेले बताउनुभयो । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् । बिरामीमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखापर्ने गरेको घिमिरेले बताउनुभयो । स्वास्थ्य संस्थामा भाइरल ज्वरोको उपचारका लागि दैनिक ६० बिरामी अस्पतालमा आउने गरेको अस्पतालले जनाएको छ । दैनिक बहिरङ्गमामा ४० र आकष्मिक कक्षमा २० जनासम्म बिरामी आउने गरेको बताइएको छ ।

सामान्य समयभन्दा बिरामीको संख्या अहिले केही बढे पनि भाइरल ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने बिरामीको संख्या भने कम रहेको उहाँले बताउनुभयो । जिल्ला अस्पतालले कोरोना भाइरस फैलिन नदिन र ज्वरो तथा रुघाखोकीको उपचार गराउन छुटै सहायता कक्ष सञ्चालनमा ल्याएको छ । रुघाखोकी र ज्वरोका बिरामीलाई जाँच गर्दा कोरोना भाइरस संक्रमणको आशंका भए आइसोलेशनमा राख्ने गरिएको छ । हालसम्म यस्ता बिरामी नआएको अस्पतालले जनाएको छ । अस्पतालले कोरोना संक्रमणका बिरामी राख्न चार आइसोलेशन शय्या तयारी अवस्थामा राखेको छ ।