६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

लकडाउन उल्लघंनले जोखिम थप्यो

लकडाउन उल्लघंनले जोखिम थप्यो
अ+ अ-

काठमाडौं । ‘लकडाउन’ उल्लघंन गर्दा कोरोनाभाइरस (कोभिड–१९) को जोखिम थप बढ्न थालेको छ । सोमबार मात्रै पोजेटिभ नतिजा देखिएका दुई जना लकडाउनको उल्लघन गर्दै आ–आफ्नो घर आईपुगेको खुलेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार रौतहटका १९ वर्षिय युवक र कैलालीकी ६५ महिलामा कोरोनाभाइरस भेटिएको बताएको छ । रौतहटका युवक भारतको नयाँ दिल्लीबाट लकडाउनकै समयमा राति नेपाल छिरेका थिए । कैलालीकी महिला भने लकडाउन शुरु भएपछि वीरगञ्जबाट बसबाट यात्रा गरी घर पुगेकी थिइन् । सरकारले महामारी नफैलियोस् भनेर चैत ११ गतेबाटै लकडाउन गरेपनि त्यसलाई नागरिकले पूर्णरुपमा पालना नगरेपछि संक्रमण बढ्न थालेको देखिएको हो ।

अहिलेसम्म कोरोना भेटिएकामध्ये एक बाहेक सबै व्यक्ति विदेशबाट आएका हुन् । पछिल्ला दुई जनासँगै नेपालमा कोरोना संक्रमितको सख्या १४ पुगेको छ । ईशनाथ नगरपालिका–५ का १९ वर्षीय युवक गत १६ चैत राति घर आइपुगेका हुन् । दिल्लीको पहाडगञ्जस्थित एउटा ब्याग उद्योगमा काम गर्ने युवक लकडाउनपछि उद्योग बन्द हुँदा घर आउन खोजेका थिए । पहाडगञ्जबाट अन्य सामान्य यात्रुहरु सरह १४ चैतमा उद्योगमा सँगै काम गर्ने चार जना युवक भारतको बिहारका मानिससित पैदलै हिंडेका थिए । उनीहरु मालवाहक ट्रक फेला पारेर भारतको बिहार प्रान्त पूर्वी चम्पारण जिल्लाको मोतिहारीसम्म आइपुगेका थिए । १६ गते बिहान मोतिहारीमा ओर्लेका सबैजना ४० किलोमिटर पैदल हिंडेर नेपाल भारत सिमानाको ईशनाथमा सोही दिन राति १० बजे आइपुगेका थिए ।

संक्रमित युवकसँगै ईशनाथ ५ का अन्य दुई जना र ईशनाथ ६ का एक जना गरी चार जना थिए । ईशनाथमा नेपाल–भारत सीमाक्षेत्रमा करीब दुवैतिर टाँसिएका जस्तैगरी गाउँ रहेका छन् । यसैको फाइदा उठाएर चारैजना युवक घरमा आइपुग्न सफल भएको बताइएको छ । भारतको दिल्लीबाट चारजना युवक घर आइपुगेको थाहा पाउने बित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेपछि चारै जनालाई १७ गते बिहानै ईशनाथ नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो । संक्रमित युवकसँगै बसमा आएका अन्य तीनजनाको रिपोर्ट भने निगेटिभ आएको ईशनाथ नपाका स्वास्थ्य संयोजक इशराजुल खानले जानकारी गराएका छन् ।

गत २८ चैतमा स्वास्थ्यकर्मीको टोलीले ईशनाथ नपाको क्वारेन्टिनमा रहेका २५ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा १ जनाको पोजिटिभ र अन्य सबैको नेगेटिभ रिपोर्ट आएको खानको भनाइ छ । संक्रमित युवकमा अहिलेसम्म कोरोनाको लक्षण मानिने ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने तथा घाँटी दुख्ने लगायत कुनै पनि समस्या देखिएको छैन । संक्रमणको पुष्टि भएपछि युवकलाई आइसोलेसनमा राखिएको छ । जिल्लामा लकडाउनमा थप कडाइ गरिएको र सुरक्षा व्यवस्था पनि थप सुदृढ बनाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे जानकारी गराएका छन् ।

घरमै बसेकी महिलामा देखियो
कैलालीको लम्कीचुहा नगरपालिका १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना ‘पोजेटिभ’ देखिएको छ । यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाएकी ती महिलामा पीसीआर प्रविधिबाट चेकजाँच गर्दा पोजेटिभ देखिएको हो । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएको छ । कोरोना संक्रमित ती महिलाका श्रीमान् वीरगञ्ज नाकामा चिया बेच्थे । त्यहाँ उनिको सामान्य चिया पसल थियो । उनका कान्छा छोराले बताए अनुसार आमा भने घरमै दाइका छोराछोरीसँग बस्ने गर्दथिइन् ।

लकडाउनका कारण समस्यामा परेपछि उनीसहित १७ जनालाई स्थानीय प्रशासनले उद्दार गरेर चैत १७ गते साँझ त्यहाँबाट कैलालीको लम्की पठाएको थियो । मजदुरहरू समस्यामा परेको थाहा पाएपछि त्यहाँको प्रशासनले समन्वय गरेर कैलाली पठाएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी जानकारी दिए । उनी भुरुवास्थित ठुलो छोराको घरमा बसेकी थिइन् । सीमा नाकाबाट आएको भन्दै उनलाई जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राख्न लगाएका थिए ।

चैत्र २५ गते काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमा बसेका ५१ जनामध्ये ४४ जनाको र्यापिड टेस्ट गरेको थियो । र्यापिड टेस्टमा नेगेटिभ देखिएपछि उनलाई १४ दिनपछि क्वारेन्टाइनबाट छाडिएको थियो । क्वारेन्टाइनबाट छाडिएपछि उनीफेरी ठुलो छोराको घरमा बस्न थालेकी थिइन् । उनको चैत २५ गते काठमाडौंबाट आएको तालिम प्राप्त स्वास्थ्यकर्मीको टोलीले नमूना संकलन गरी परिक्षणका लागि लगिएको थियो । र्यापिड टेस्ट गर्दा नेगेटिभ रिर्पोट आएपछि ती महिलालाई घर फर्काइएको थियो । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परिक्षण गर्दा ‘पोजेटिभ’ देखिएको हो । त्यसपछि उनलाई सोमबार विहान घरबाटै स्वास्थ्यकर्मीले लगेर अस्पताल भर्ना गराएका छन् । ति महिला ब्लडप्रेसर र दमको समस्या रहेको छ ।

काठमाडौंमा तीन जनाको र्यापिड टेष्ट पोजेटिभ
काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना सदस्यमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टमा कोरोनाको संक्रमण देखिएको छ । यद्यपी र्यापिड टेष्टले शतप्रतिशत नतिजा नदिने भएकाले कोरोनाको आशंकामा तीनै जनालाई पाटन अस्पताल भर्ना गरिएको छ ।

चैत ५ गते बेलायतबाट आएका उनिहरुमा पोजेटिभ देखिएको हो । कागेश्वरी मनोहरा नगरपालिकाका अनुसार सो अपार्टमेन्टमा पाँच सय परिवार रहेको र त्यसमध्ये ६१ जनाले विदेशबाट आएको जानकारी गराएका थिए । त्यसमध्ये ३६ जनाको टेष्ट सोमबार भएको थियो भने बाँकीको मंगलबार हुने बताइएको छ । अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अप‍नाएको छ । सौर्य दैनिक