१२ श्रावण २०८३, मंगलवार
,
Latest
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले देवानगञ्ज घटनापछि सरकारको निर्णय: निःशुल्क उपचार, सात दिनभित्र छानबिन प्रतिवेदन र दोषीमाथि कडा कारबाही इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपी राजमार्गमा रातिमा सवारी सञ्चालनमा रोक



बिपी राजमार्ग/फाइल फोटो
अ+ अ-

काभ्रेपलाञ्चोक।  बिपी राजमार्गमा आजदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना एवं बाढिपहिराको उच्च जोखम पूर्वानुमान गरेपछि सवारी साधान आवजावतमा रोक लगाइएको हो ।

जिल्ला विपद् ब्यवस्थापन समिति काभ्रेपलाञ्चोकको आजको बैठकले उक्त राजमार्गमा जोखिमलाई मध्यनजर गर्दै असोज २१ गते रातिसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।  समितिले साँझ ५ बजेदेखि भोलिपल्ट बिहान पाँच बजेसम्मको अवधिमा सवारी साधन नचलाउन भनेको हो ।

राजमार्गअन्तर्गत धुलिखेलको काभ्रेभञ्ज्याङदेखि भकुण्डे–सिन्धूलीसीमा नेपालथोकको सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो । राजमार्गमा मनसुनको जोखिमका कारण गत भदौ १६ गतेदेखि १५ दिनसम्मका लागि पनि सवारी सञ्चालनमा रोक लगाइएको थियो ।

समितिले हाल मनसुन सक्रिय रहेको अवस्थामा विपी राजमार्गमा बाढिपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि सवारी  सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अपिल समेत गरेको छ ।

समितिका अनुसार काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ ।

मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले यही असार ७ गतेदेखि विपी राजमार्गमा साँझ ६ः३० बजेदेखि विहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो ।

गत वर्ष असोजमा बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडकनै बगाएको थियो । सो राजमार्गमा कतै त कतै कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ ।

बाढीपहिरोले राजमार्गको कुल १६० किलोमिटरमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौँथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पु¥याएको थियो । रासस