२३ असार २०८३, मंगलवार
,
Latest
अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद्
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिया, इच्छा र ज्ञान शक्ति नै दशैँ होः आत्मानन्द गिरी



अ+ अ-

काठमाडौँ । धर्मगुरु स्वामी आत्मानन्द गिरीले क्रिया, इच्छा र ज्ञानको पुञ्जलाई नै नवदुर्गा भनिने बताउनुभएको छ । दशैँ नेपालीहरुको महान पर्वमध्ये एक हो । आज दशैँको पहिलो दिन बिहान ११ः५३ बजेको साईतमा आफू भन्दा ठूलाबडा र आफन्तजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरेर मनाइएको छ । दशैँको महत्वबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै स्वामी गिरीले तीन शक्तिको लागि क्रमशः कालरात्री,महारात्री मोहरात्रीको विधान शास्त्रले गरेको बताउनु भयो । क्रिया, इक्षा र ज्ञान शक्ति मानिसलाई नभइ नहुने तत्व रहेको बताउनु भयो ।

पहिला जान्नुपर्ने, जानेपछि इच्छा गर्नुपर्ने र  इच्छाअनुरुप प्रयत्न गर्दा मात्रै सफलता प्राप्त हुने बताउनु भयो । यि तीन शक्तिको योगलाई जगत जननी जगदम्बा (दुर्गा) भनिने बताउनु भयो । प्रकृतीमा नै यि तीन शक्ति विद्यमान रहेको बताउनु भयो । तीन शक्तिमा क्रमशः ज्ञान शक्तिको लागि शिवरात्रीमा भगवान शिवको उपासना गरिन्छ, इच्छा शक्तिको लागि जन्माष्टमीलाई भनिन्छ, भगवान श्रीकृष्णको उपासना गरिन्छ ।

क्रिया शक्तिको लागि कालरात्री भनेर नवरात्रीलाई शास्त्रमा व्याख्या गरिएको छ । क्रियाशक्ति स्वरुप भगवती नवदुर्गाको आराधना आश्विन शुक्ल नवरात्रीभर गरिन्छ । नौ दिनसम्म देवीको आराधना गरेर हवन गरेर कन्यापूजा गरिसकेपछि दशमीको दिन भगवती जगत जननीको प्रसाद सबै देवी देवतालाई अर्पण गरेर प्रसादको रुपमा विजया दशमीको टीका प्रसाद र जमरा लगाउने नेपालीहरुको परम्परा रहेको बताउनु भयो । विजया दशमीको टीका लगाउने र जमरा लगाउने मान्यजनहरु ज्ञानी गुरुहरु,वृद्ध कुल कुटुम्बमा ज्येष्ठ नागरिसँग आशिर्वाद प्राप्त गर्ने, सुख, शान्ति, समृद्धिको र निरोगताको कामना गर्ने परम्परालाई विजया दशमीको टीका ग्रहण गर्ने नेपाली परम्परा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तीन शक्तिको लागि क्रमशः कालरात्री,महारात्री मोहरात्रीको विधान शास्त्रले गरेको छ । क्रिया, इच्छा र ज्ञान शक्ति । मनुष्यलाई यि तीन शक्तिको आवश्यकता पर्दछ । जान्नुपर्छ, जानेपछि इच्छा गर्नुपर्छ, इच्छाअनुरुप प्रयत्न गर्नुपर्दछ । अनि बल्ल सफलता मिल्दछ । यि तीन शक्तिको योगलाई जगत जननी जगदम्बा जसलाई दुर्गा, देवी भनिन्छ, नवदुर्गा भनिन्छ । यिनमा प्रकृतीमा नै यि तीन शक्ति विद्यमान छन् । यि तीन शक्तिमा क्रमशः ज्ञान शक्तिको लागि शिवरात्रीमा भगवान शिवको उपासना गरिन्छ, इच्छा शक्तिको लागि जन्माष्टमीलाई भनिन्छ, भगवान श्रीकृष्णको उपासना गरिन्छ । क्रिया शक्तिको लागि कालरात्री भनेर नवरात्रीलाई व्याख्या गरिएको छ । क्रियाशक्ति स्वरुप भगवती नवदुर्गाको आराधना आश्विन शुक्ल नवरात्रीभर गरिन्छ । यसलाई नै नवरात्र भनिन्छ । नौ दिनसम्म देवीको आराधना गरेर हवन गरेर कन्यापूजा गरिसकेपछि दशमीको दिन भगवती जगत जननीको प्रसाद सबै देवी देवतालाई अर्पण गरेर प्रसादको रुपमा आज विजया दशमीको टीका प्रसाद र जमरा लगाउने नेपालीहरुको परम्परा हो । नवदुर्गा देवीको उपासना वैदिक सनातन धर्मको मूल तत्व हो । यो धार्मिक पक्ष हो भने विजया दशमीको टीका लगाउने र जमरा लगाउने मान्यजनहरु ज्ञानी गुरुहरु,वृद्ध कुल कुटुम्बमा ज्येष्ठ नागरिसँग आशिर्वाद प्राप्त गर्ने, सुख, शान्ति, समृद्धिको र निरोगताको कामना गर्ने परम्परालाई विजया दशमीको टीका ग्रहण गर्ने नेपाली परम्परा हो ।’

स्वामी गिरीले सत्व गुणलाई चुनौति दिने तमो गुणका राक्षसहरुको संहार गरेर देवीले सत्व गुणलाई विजयी गराउनुभएको बताउनु भयो । नवरात्रले सकारात्मकता प्राप्त हुने बताउनु भयो । वैदिक सनातन धर्मावलम्वी सबैले हर्षोल्लासका साथ दशैँ मनाउन आग्रह गर्नुभयो । वैदिक सनातन धर्मप्रति निष्ठा र श्रद्धा जाग्न जरुरी रहेको बताउनु भयो ।