२३ आश्विन २०८१, बुधबार
,
Latest
अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी दसैँ अविधमा यस्तो छ मौसम बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुसीको खबर ! कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने



अ+ अ-

जीवन खत्री सउल । दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना माहामारीको समस्याका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १५ मुलुकका प्रवासी कामदारलाई ५० दिनको भिसा थप हुने भएको हो ।

इपिएस प्रणालीमार्फत कोरिया आएर रोजगारी गर्ने मजदुरले कोरियामा चार वर्ष १० महिना मात्र बस्न पाउने नियम छ ।

उक्त नियमअनुसार चार वर्ष १० महिना अवधि पूरा भएका कामदार स्वदेश फर्कनुपर्ने हुन्छ तर अवधि पूरा भएर पनि कोरोना माहामारीका कारण स्वदेश फर्कने तयारीमा रहेर फर्कन समस्यामा परेका झण्डै १८ हजार ५०० प्रवासी मजदुर (इ–९) लाई यो निर्णयले सहज बनाएको छ । यसअघि फेब्रुअरीमा पनि ५० दिन भिसा थप्ने निर्णय भएको थियो ।