२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैंको मुख्य दिनमा आज बिहानैदेखि झरी (फोटो फिचर)



अ+ अ-

काठमाडौं । वर्षायाम सकिएर हिउँद सुरु भएलगत्तै दशैं सुरु हुन्छ । यो मौसम निकै मनमोहक देखिन्छ । त्यही कारण कवि शिरोमणि लेखनाथ पौड्यालले कविता नै लेखेका थिए–

हट्यो सारा हिलो–मैलो

हरायो पानीको बर्षा

भवानीको भयो पूजा

चल्यो आनन्दको चर्चा …

पौड्यालको यो कवितांश संगीतले सजिएर सर्वत्र गुञ्जायमान भइरहने समयमा अहिले झरी परेको छ ।

दशैंका बेला हिलोसमेत सुकि सक्नुपर्ने हो । तर यस वर्ष हिलो सुक्नु त कतो हो कता झन् हिलो बढेको छ ।

दशैंमा झरी परे पनि सर्वसाधारणको दैनिकी फेरिएको छैन । झरीकै बेला शक्तिपीठहरुमा पुग्ने र प्रार्थना गर्ने क्रम चलिरहेको छ ।

दशै‌काे मुख्य दिन आज बिहानैदेखि जमरा ल्याउने, आ–आफ्ना काम गर्न मानिसहरु छाता ओढेरै भए पनि गरिरहेका छन् ।

विजयादशमीका रूपमा स्थापित यस पर्वको धार्मिक, सांस्कृतिक, सामाजिक, सांगीतिक, साहित्यिक अनेक पक्ष छन् ।

देवी दुर्गाले आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्दर्भ धार्मिक–पौराणिक पक्ष हो भने टिका–जमरा, ढोगभेट, आशीर्वाद, मिठो खाना, राम्रो लुगा, घरको लिपपोत र शृंगार, पिङ, जुवा–तास इत्यादि यसका सामाजिक र सांस्कृतिक पक्ष हुन् ।

परम्परादेखि चल्दै आएका यस्ता सामाजिक र सांकृतिक पक्ष जोगाउन झरीले खासै असर पारेको छैन ।