५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनको ओडिसामा भारी वर्षाका कारण नौ जनाको मृत्यु



अ+ अ-

ओडेसा।  युक्रेनी सहर ओडेसामा आएको भारी वर्षाले निम्त्याएको बाढीका कारण दक्षिणी बन्दरगाह सहरमा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार बताए ।

लगातार सात घण्टामा भएको बर्षको कारण प्रभावितहरुलाई उद्धारकर्ताहरूले सुरक्षित स्थानमा स्थानान्त्रण गरेको अधिकारीहरूले बताएका छन् ।

जेलेन्स्कीले बार्षका कारण परिस्थिति  असामान्य भएको र एक जना व्यक्ति अझै बेपत्ता रहेको बताए ।   बाढीमा फसेका  ३६२ जनालाई उद्धार गरिएको आपतकालीन सेवाले जनाएको छ ।

मेयर गेन्नाडी त्रुखानोभले स्थिति चुनौतीपूर्ण भए पनि नियन्त्रणमै रहेको बताउनु भएको छ ।   युक्रनेमा भोलि सम्म अझै खराब मौसमको जोखिम रहने पूर्वानुमान गरिएको छ ।(रासस÷एएफपी)