१३ असार २०८३, शनिबार
,
Latest
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भागेकालाई पुनः क्वारेन्टाइनमै फर्काइयो



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित कृषि तालीम केन्द्रको भवनको क्वारेन्टाइनबाट भागेका दुई जनालाई नियन्त्रणमा लिई पुनः आज क्वारेन्टाइनमा राखिएको छ । गएराति क्वारेन्टाइनको छतबाट हामफालेर भागेका निरज कुवँर र सुरज कुवँरलाई घरबाटै सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक रामसिंह धामीले बताउनुभयो ।

“दुवै जनालाई घरमै फेला पारी ल्याएर पुनः क्वारेन्टाइनमा राखेका छौँ”, उहाँले भन्नुभयो । क्वारेन्टाइनको सुरक्षार्थ दुई जना शुरक्षाकर्मीसमेत तैनाथ गरिएका छन् । क्वारेटन्टाइनको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । गत चैत २० गते दुवै जना भारतको नयाँ दिल्लीबाट फर्केपछि क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा भारतबाट फर्केका २३ जनालाई राखिएको छ ।