२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन वैशाख १५ सम्म थप्ने सरकारको निर्णय



अ+ अ-

काठमाडौं। नेपाल सरकारले हाल जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । कोरोना भाइरस रोथामका लागि सरकारले यो निर्णय गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

सरकारले चैत ११ गते मुलुकमा लडकाउडन घोषणा गरेको थियो। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन तेस्रो पटक थप गर्दै वैशाख १५ सम्म पुर्याएको एक मन्त्रीले जानकारी दिए। हाल जारी लकडाउनको समय भोलि बुधबार राति १२ बजे सकिँदै थियो ।

छिमेकी मुलुक भारतमासमेत मंगलबार तीन हप्तासम्म लकडाउन बढाउने निर्णय गरेको थियो। मुलुकमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले लकडाउन बढाउँदै लगेको छ।