२३ आश्विन २०८१, बुधबार
,
Latest
अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी दसैँ अविधमा यस्तो छ मौसम बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोबजारीमा पक्राउ परेका अर्बपति अग्रवाल थप पाँच दिन थुनामा



अ+ अ-

काठमाडौं । कालोबजारी गरेको आरोपमा हाल थुनामा परेका अर्बपति ब्यापारी सुलभ अग्रवाललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । कार्यालयले मंगलबार प्रहरीलाई सो अनुमति दिएको छ ।

व्यापारी सुलभलाई गत २५ चैतमा महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले थर्मल गन कालोबजारी गरेको अभियोगमा नक्सालबाट पक्राउ गरेको थियो ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पहिलो पटक सात दिन हिरातसमा राख्न दिएको म्याद मंगलबार सकिएपछि प्रहरी पुनः म्याद थपका लागि आग्रह गरेको थियो । सोही बमोजिम जिल्ला प्रशासन कार्यालयले म्याद दिएको हो ।