९ आश्विन २०८१, बुधबार
,
Latest
रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्षण बिना नै ‘कोरोना’



अ+ अ-

काठमाडौं । नेपालमा देखिएका कोरोना भाइरसका संक्रमित मध्ये अधिकाशंमा लक्षण नै देखिएको छैन । मंगलबारसम्म नेपालमा १६ जना संक्रमित फेला परेको पुष्टि भईसकेको छ । जसमध्ये अधिकाशं विदेशबाट आएका छन् । एक महिलालाई विदेशबाट आएका पुरुषबाट संक्रमण सरेको देखिएको छ भने तीन भारतीयलाई कहाबाट कोरोना सर्यो भनेर अहिलेसम्म पुष्टि हुन सकेको छैन । नेपालमै सरेको भए कोबाट सर्यो भन्ने अनुसन्धान जारी रहेको छ । उनिहरु भारत नगएको भए प्रदेश–२ मा थप कोरोना संक्रमित हुन सक्ने आकंलन गरिएको छ । तर, अहिलेसम्मका संक्रमितमा अधिकाशंमा लक्षण देखिएको छैन ।

gjnk/f:fL, @ a}zfv M klZrd gjnk/f;Lsf] /fdu|fdl:yt cfbz{ dfljsf] Sjf/]G6fOgdf !$ lbgsf] a;fO k”/f ePsfnfO{ sf]/f]gf ;ª\qmd0f eP jf gePsf] kQf nufpg dª\unaf/ 8foUgf]l:6s -cf/8L6L_ k/LIf0f ul/b} . t:jL/ M k’?iff]Qd ;’a]bL÷ /f;;

सेती प्रादेशिक अस्पतालमा भर्ना भएका पाँच जनामध्ये चार जनामा कोरोनाको लक्षण नै देखिएको छैन । चिकित्सकहरुले सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने बताउने गरेका छन् । तर, १० दिनवितिसक्दा पनि उनिहरुमा त्यस्तो लक्षण देखिएको छैन । कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवाकी ६५ वर्षीया वृद्धाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।अस्पतालको आइसोलेसन कक्षमा उनीसँगै अन्य चारजना कोरोना संक्रमित बिरामीको उपचार हुँदैछ । ती वृद्धामा कुनै पनि लक्षणबिना नै कोरोना संक्रमण देखाएको छ ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकी ती वृद्धामा कुनै लक्षणबिना कोरोना ‘पोजेटिभ’ देखिएको हो । यसअघि धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीय महिलामा पनि लक्षण विना नैं कोरोनाको संक्रमण देखाएको थियो । प्रदेश–२ का चार संक्रमितमा पनि त्यस्तो लक्षण देखिएको छैन । बाग्लुङका दुई महिलाले पनि आफुहरुमा त्यस्तो लक्षण शुरुमा देखिएपनि हाल भने नदेखिएको बताएका छन् । लक्षण नै नदेखिनु अर्को चिन्ताको विषय भएको चिकित्सकहरु बताउछन् । त्यस्ता लक्षण देखिएका कतिपयमा कोरोना नेगेटिभ भेटिएका छन् ।

यसैगरी केही संक्रमित व्यक्तिसँगै बसेका व्यक्तिमा कोरोना देखिएको छैन । कैलालीका ३४ वर्षिया पुरुषको परिवारमा भाउजुलाई मात्र देखिएको छ । यस्तै पेप्सीकोलाका संक्रमितमा श्रीमतिलाई देखिएको छैन भने आमालाई देखिएको छ । हालसम्म संक्रमित देखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सौर्य दैनिक