२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–नारायणगढ सडक आधा घण्टापछि सञ्चालनमा



अ+ अ-

काठमाडौँ।  पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ आधा घण्टापछि सञ्चालनमा आएको छ।

चितवनस्थित तुइनखोलानजिक गएको पहिरो हटाइएसँगै सडकखण्ड सञ्चालनमा आएको हो । सो स्थानमा आज राति ८ बजे लेदोसहितको पहिरो गएको थियो ।  करिब ३० मिनेटमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

वर्षाका कारण आज साँझ ७ः३० बजे लेदोसहित झरेको पहिरोले सडक दुवैतर्फ अवरुद्ध भएको थियो। पहिरो पन्छ्याउनका लागि सडक डिभिजन कार्यालय भरतपुरको एस्काभेटर लोडर प्रयोग गरिएको थियो।