१४ श्रावण २०८३, बिहीबार
,
Latest
फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता बालेनलाई काँग्रेसले सोध्यो–पद बदलिएपछि मन बदलियो कि व्यवहार ? सुनको मूल्य बढ्यो, चाँदीको घट्यो स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने सप्तरीमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिनगर नाकाबाट नौ हजारभन्दा बढी व्यक्ति स्वदेश भित्रिए



अ+ अ-

कैलाली। कैलालीको त्रिनगर नाकाबाट नौं हजार २०५ जना स्वदेश भित्रिएका छन् । रोजगारीलगायतका विभिन्न प्रयोजनका लागि भारत गएकाहरु दसैँको अवसरमा फर्किएका त्रिनगर नाकामा स्थापना गरिएको हेल्पडेस्कको तथ्याङ्क छ ।

त्रिनगर नाका भएर यही असोज १ गते ५०५ जना स्वदेश भित्रिएका थिए भने २०९ जना भारत गएका छन् । असोज २ गते ७२६ आएका छन् भने ११३ जना भारततर्फ लागेका छन् । साथै असोज ३ गते ८८६ जना आउँदा १३६ जना भारत गएका छन् भने असोज ४ गते ३२७ जना स्वदेश फर्किदा ११० जना भारत पसेका छन् ।

असोज ५ गते ७७० जना स्वदेश फर्केकोमा सो दिन ९५ जना विदेशिएका छन् । यसैगरी असोज ६ गते ४८१ जना, ७ गते २४५ जना र असोज ८ गते ९५६ जना विदेशिएकोमा क्रमशः ५२ जना, १२१ जना र ४८ जना कामको खोजीमा भारत गएको तथ्याङ्क छ । रासस