१३ असार २०८३, शनिबार
,
Latest
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा पनि रोकिएन पशुपति क्षेत्र सफाइ



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनले धेरै कामलाई प्रभावित गरे पनि पशुपति मूल मन्दिर क्षेत्रको सफाइ भने जारी छ । विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीले आराध्यदेवका रूपमा पुज्ने पशुपतिमा ‘खेम्स क्लिनिङ’ले तीन वर्षअघिदेखि सफाइ सुरु गरेको थियो । सफाइपछि पशुपति क्षेत्रमा धार्मिक पर्यटकको सङ्ख्यासमेत बढेको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल कोरोना फैलन नदिन भक्तजनलाई प्रवेश निषेध गरिए पनि परेवाको कारण फोहोर बढेकाले सफाइ अभियान जारी राखेको बताएका छन् । कुचो लगाउने, पानी हाल्ने, पुछ्ने काममा सफाइकर्मी सक्रिय हुने गरेका छन् ।

सफाइपछि कोभिड १९ भाइरसबाट बच्न २५ लिटर पानीमा एक ट्याब्लेट ‘क्लोरोसेट’ हाली छर्कने गरिएको छ । यस्तो पानी छर्किएपछि छ घण्टासम्म कोरोनाका किटाणु आउन नसक्ने प्रयोगशालामा प्रमाणित भएको खेम्स क्लिनिङका स्थलगत अधिकृत नवराज भट्टराईले जानकारी दिए । खेम्स क्लिनिङले त्रिपुरेश्वरको नेपाल आँखा अस्पताल, सुकेधाराको ह्याम्स अस्पताल, ग्वार्कोको किस्ट अस्पताल र भारतीय राजदूतावासमा पनि सफाइ जारी राखेको जनाएको छ । यी अस्पतालमा सफा गर्नेलाई भने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) पनि दिइएको छ ।

अस्पतालमा कोरोनाका भाइरसका बिरामी पनि आउन सक्ने भएकाले सुरक्षा सामग्री दिइएको हो ।सफाइ नहुँदा कोरोनालगायत विभिन्न रोगको सङ्क्रमण फैलन सक्ने भएकाले घर घरमा पनि सफाइ गर्न चाहनेले खबर गरेमा सेवा दिइने गरेको जनाइएको छ ।