१३ असार २०८३, शनिबार
,
Latest
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृत्रिम अभाव सिर्जना: एक लिटर घिउमा रु ६० मूल्यवृद्धि



अ+ अ-

नेपालगञ्ज । लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने गरेको पाइएको छ । नेपालगञ्जका न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र र गणेशमान चोकमा रहेका विशेषतः खाद्य वस्तुका पसलले सामानको कृत्रिम अभाव देखाएर बढी मूल्य लिने गरेको उपभोक्ताले गुनासो गर्न थालेका छन् । उपभोक्ताले बढी मूल्य किन लिएको भनेर गुनासो गर्नेबित्तिकै व्यापारीको सहज जवाफ आउने गर्छ, ‘थोकमा माल नै पाइँदैन, हामीले पनि बढी मूल्य तिरेर ल्याउने गरेका छौँ’, व्यापारीको भनाइ उद्धृत गर्दै नेपालगञ्ज—१९ का लक्ष्मण केसीले भने।

उनका अनुसार लकडाउनअघिसम्म अस्पताल क्षेत्रको अनुपम डेरीबाट रु एक हजार प्रतिलिटरमा पाइँदै आएको घिउ अहिले प्रतिलिटर रु एक हजार ६० मा बिक्री गर्ने गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले उपभोक्ताका गुनासा आपूmले पनि सुन्ने गरेको बताउँदै कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने पसलको अनुगमन गरी कारवाहीको दायरामा ल्याइने चेतावनी दिए ।

लकडाउनअघि बजार अनुगमन गर्दै आएका नेपालगञ्ज उपमहानगरपालिका, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता संरक्षण कार्यालयको भूमिका शून्य भएपछि पनि व्यापारीले कृत्रिम अभाव र मनपरी मूल्य लिने गरेका छन् । वाणिज्य कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पौडेल र उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले भने बजार अनुगमन गरिएको जिकिर गरिरहेका छन् ।