२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसभामुखद्वय र राष्ट्रियसभा अध्यक्षले फिर्ता गरे सरकारी सवारी साधन



अ+ अ-

काठमाडौं । पूर्वसभामुखहरु कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानूनविपरीत सवारी साधन सुविधा फिर्ता गर्नुभएको छ ।

सरकारले कानूनविपरीत सवारी साधन सुविधा लिएका पूर्वविशिष्ट पदाधिकारीलाई फिर्ता गर्न सूचना जारी गरेपछि उहाँहरुले फिर्ता गर्नुभएको हो । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक संञ्जाल मार्फत उहाँहरुले सवारी साधन सुविधा फिर्ता गर्नुभएको जानकारी दिनु भएको छ ।

उहाँले लेख्नुभएको छ- कानुनमा सवारी साधन सुविधा दिने प्रबन्ध नभएको तर लिइरहनु भएका पूर्व सभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरू मध्ये कृष्ण बहादुर महराज्यू, ओनसरी घर्तिज्यू र गणेशप्रसाद तिमिल्सिनाज्यूले सवारी साधन फिर्ता गर्नु भएको आधिकारिक जानकारी प्राप्त भएको छ।