आयोवा (अमेरिका ) । अमेरिकाको आयोवा राज्यको पूर्वी क्षेत्रमा रहेका दुई नेपाली संस्था बीच एकीकरण भएको छ।
बडादसैँको अबसरमा शनिबार आयोजित विशेष सांस्कृतिक कार्यक्रममा इस्टर्न आयोवा नेपाली समाज र सानो नेपाल—बीच एकीकरण भै इस्टर्न आयोवा नेपाली समाज गठन भएको छ।
सानो नेपाल करिब एक दशकदेखि सक्रिय थियो भने इस्टर्न आयोवा गत वर्ष मात्रै स्थापना भएको थियो। शंकर बरालको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिमा ध्रुव अर्याल- उपाध्यक्ष, प्रतिभा शर्मा -सचिव र हरि शर्मा -कोषध्यक्षमा चयन हुनु भएको छ ।
यसैगरी सदस्यहरुमा रचना कक्षपति श्रेष्ठ, रामचन्द्र अर्याल, चन्द्रा सुनार ,श्याम उदास र खगेन्द्र मिश्र चयन हुनु भएको छ । यसैगरी डा. प्रभिन श्रेष्ठ,डा. रुप सैंजु , डा .हेम शर्मा पौडेल ,डण्डा बी कार्की र रामकृष्ण सुनारलाई सल्लाहकारमा चयन गरिएको छ ।
सो अवसरमा दशौँ विशेष सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो।











