१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब यी प्रयोजन बाहेक अरुले सवारी पास नपाइने



अ+ अ-

काठमाडौं । लकडाउन प्रभावकारी पार्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका प्रयोजनका निम्ति सवारी पास वितरण स्थगित गरेको छ । सवारी पासको अत्यधिक मागले लकडाउन उल्लङ्घन हुने खतरा बढेपछि बुधबारदेखी प्रशासनले सो निर्णय लागु गरेको हो ।

मंगलबारबाट प्रशासनले अनलाइनमार्फत इ–पास लिन सकिने व्यवस्था मिलाएको थियो । लकडाउनमा अत्यावश्यक खाद्यान्न, तरकारी ढुवानीलगायत कामका लागि भने पूर्ववत् अनलाइनमार्फत पास वितरण हुने प्रशासनले जनाएको छ ।

त्यस्तै, यसअघि पहेँलो रंगको पास लिएकाले अर्को पास लिन नपर्ने व्यवस्था पनि प्रशासनले मिलाएको छ । सातदिने म्याद राखेर यसअघि वितरित पासको म्याद गुज्रिएपछि प्रशासनले यस्तो व्यवस्था गरेको हो ।