२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो



अ+ अ-

गोरखा। गोरखा दरबारस्थित दसैँघरमा परम्पराअनुसार आज विधिपूर्वक फूलपाती भित्र्याइएको छ ।

बडादसैँको सातौँ दिन फूलपातीको अवसरमा दरबारमा साँझको शुभसाइतमा हर्षबढाइँका साथ फूलपाती भित्र्याइएको गोरखाकाली मन्दिरका मुख्य पुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

तल्लोकोटस्थित फूलपाती चौताराबाट लगिएको फूलपाती दरबारको दसैँघरमा भित्र्याइएको उहाँले बताउनुभयो । मुख्य पुरोहित भट्टराईले भन्नुभयो, “गोरखा दरबारबाट निस्किएको बाजागाँजा र झाँकीसहितको टोलीले हर्षउल्लासका साथ फूलपाती दसैँघरमा पु¥याएको हो ।”

फूलपातीका दिन गोरखा दरबारमा रवानबाट पश्चिम क्षेत्रमा देखिने डाँडामा आधा घाम तल र आधा घाममाथि देखिने समयमा फूलपाती भित्र्याउने चलन छ ।

यसअघि रातिको समयमा फूलपाती लिन फूलपाती चौतारामा दरबारका सुसारे, नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारी तथा स्थानीयवासीको टोली लावालस्करसहित तत्ललोकोटमा रहेको पिपल डाँडा पुगेका थिए ।

गए राति जङ्गलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फलफूललाई फूलपातीको रूपमा परम्पराअनुसार दसैँघरमा भित्र्याइएको मुख्य पुरोहित भट्टराईले बताउनुभयो ।

दरबारमा फूलपाती भित्र्याउनुअघि गोरखा दरबारदेखि मङ्गलिनीहरूले मङ्गलगीत तथा मालश्री राग गाउँदै हर्षबढाइँ गर्दै र भारवाहकहरू फूलपाती पर्सने सिँढीसम्म पुगेका थिए । गोरखा दरबारको सिँढीमा विशेष पूजा गरेर दरबारमा फूलपाती भित्र्याइएको मूल पुरोहित भट्टराईले जानकारी दिनुभयो ।

यसअघि आज बिहान गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका फूलपाती पठाइएको थियो । रासस