१३ असार २०८३, शनिबार
,
Latest
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको २३ दिन जारी, सुनसान काठमाडौं



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउन सुरु भएको २३औं दिन पनि काठमडौं उपत्यका सुनसान छ ।

सरकारले लकडाउनको पूर्ण रुपमा पालना गराउन सुरक्षा संयन्त्रहरुलाई परिचालन गरेको छ । खासगरी काठमाडौं उपत्यकामा मंगलबार दुई जनामा संक्रमण फेलापरेपछि झनै त्रास फैलिएको छ । जसका कारण पनि मानिसहरु बाहिर निस्किएका छैनन् । यसअघि फाट्टफुट्ट रुपमा सडक पेटीमा देखिने मानिसहरु बुधबार देखिएका छैनन् । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै बुधबार सम्म कायम गरिएको लकडाउनलाई मंगलबार नै सरकारले १२ दिन समय थप गरी वैशाख १५ गते सम्म लम्ब्याएको छ ।

यस्तै प्रशासनले पास वितरणमा समेत कडाई गरेको छ । सडकमा अत्यावस्यक सामग्रीको ढुवानी गर्ने र अत्यावस्यक काम पर्नेहरुका साधनहरु फाट्टफुट्ट चलेको देखिन्छ । प्रहरीले चोकचोकमा बसेर ती साधनहरुको नियमित चेकजाँच गरिरहेको छ ।