१४ श्रावण २०८३, बिहीबार
,
Latest
फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता बालेनलाई काँग्रेसले सोध्यो–पद बदलिएपछि मन बदलियो कि व्यवहार ? सुनको मूल्य बढ्यो, चाँदीको घट्यो स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने सप्तरीमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तलेजु भवानीलाई दसैँ घर भित्र्याउँदै तुलजा यात्रा सम्पन्न



अ+ अ-

भक्तपुर। प्रसिद्ध भक्तपुरको तलेजु भवानीलाई आज शुभसाइतमा दसैंँ घर भित्र्याएर तुलजा यात्रा सम्पन्न भएको छ। तुलजा यात्राका क्रममा आज शुभसाइतमा श्री तलेजु भवानीलाई मूल चोक दक्षिण देवगृहबाट मूल चोकको पश्चिम कुमारी चोकस्थित दसैँघरमा भित्र्याइएको छ ।

राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीहरुले तलेजु भवानीसहित अन्य देवीदेवतासमेत दसैँ घर भित्र्याइएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

तलेजु यात्राका क्रममा १९ जना पुजारीले जामा, पगरी, भोटो, खास्टोसहितको पुरातन पोसाक लगाएर देवीदेवतालाई बोकेर दसैँ घर भित्रयाइएको हो । धिमे बाजा, खिः बाजा र भजनसहित तुलजा यात्रा गर्ने क्रममा मूल चोकमा तुलजा भवानीको दर्शन गर्न स्थानीयको भीड लागेको थियो ।

मूल नाइके जोशीले राज प्रतिनिधिस्वरुप नेपाली परम्परागत पोसाक लगाएर खड्ग बोकी यात्रा सम्पन्न गरिएको जानकारी दिनुभयो । आज सप्तमीदेखि विजयादशमीको दिनसम्म चार दिन तलेजु एवं अन्य देवता घरमा राखिने परम्परा छ ।

विजयादशमीको दिन देवी विसर्जन गरेपछि तलेजुलाई टीका तथा जमरा लगाएसँगै कुमारी चोकस्थित दसैँघरबाट मूलचोकको दक्षिण देवगृहमै भित्र्याउने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । तलेजुमा ऋग्वेद, यजुर्वेद, अथर्ववेद र सामवेदलगायतको पाठ गरिएको छ ।रासस