२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तलेजु भवानीलाई दसैँ घर भित्र्याउँदै तुलजा यात्रा सम्पन्न



अ+ अ-

भक्तपुर। प्रसिद्ध भक्तपुरको तलेजु भवानीलाई आज शुभसाइतमा दसैंँ घर भित्र्याएर तुलजा यात्रा सम्पन्न भएको छ। तुलजा यात्राका क्रममा आज शुभसाइतमा श्री तलेजु भवानीलाई मूल चोक दक्षिण देवगृहबाट मूल चोकको पश्चिम कुमारी चोकस्थित दसैँघरमा भित्र्याइएको छ ।

राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीहरुले तलेजु भवानीसहित अन्य देवीदेवतासमेत दसैँ घर भित्र्याइएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

तलेजु यात्राका क्रममा १९ जना पुजारीले जामा, पगरी, भोटो, खास्टोसहितको पुरातन पोसाक लगाएर देवीदेवतालाई बोकेर दसैँ घर भित्रयाइएको हो । धिमे बाजा, खिः बाजा र भजनसहित तुलजा यात्रा गर्ने क्रममा मूल चोकमा तुलजा भवानीको दर्शन गर्न स्थानीयको भीड लागेको थियो ।

मूल नाइके जोशीले राज प्रतिनिधिस्वरुप नेपाली परम्परागत पोसाक लगाएर खड्ग बोकी यात्रा सम्पन्न गरिएको जानकारी दिनुभयो । आज सप्तमीदेखि विजयादशमीको दिनसम्म चार दिन तलेजु एवं अन्य देवता घरमा राखिने परम्परा छ ।

विजयादशमीको दिन देवी विसर्जन गरेपछि तलेजुलाई टीका तथा जमरा लगाएसँगै कुमारी चोकस्थित दसैँघरबाट मूलचोकको दक्षिण देवगृहमै भित्र्याउने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । तलेजुमा ऋग्वेद, यजुर्वेद, अथर्ववेद र सामवेदलगायतको पाठ गरिएको छ ।रासस